७ बैशाख २०८१, शुक्रबार

यी राशि हुनेलाई आइतबार विग्रिन सक्छ प्रेम सम्बन्ध


आइतबार प्रेम सम्बन्ध Silhouette young lovers on background of horoscope and love concept.

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा रविवार पनि भनिन्छ । यसलाई भानुवारको नामले पनि चिनिन्छ । प्रेम अपनत्वको भाव हो । “प्रेम” मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । राशि अनुसार प्रेमका लागि विभिन्न बार अनुकुल हुने ज्योतिषशास्त्रीहरु बताउँछन् । यहाँ विभिन्न राशिलाई आइतबार प्रेम प्रसंग कस्तो हुन्छ भनेर चर्चा गरिएको छ ।

मेष राशि

आइतबार मेष राशिका ब्यक्तिलाई प्रेमको दृष्टिकोणबाट राम्रो मानिँदैन । आइतबार मेश राशिका ब्यक्तिको प्रेममा झगडाको योग छ । आइतबार प्रेम प्रसंग अघि बढाउँदा सम्बन्ध जोडिने भन्दा टुट्ने सम्भावना बढी हुन्छ ।

वृष राशि

वृष राशिका ब्यक्तिका लागि आइतबार सामान्य मानिन्छ । प्रेम प्रसंगमा पनि मध्यम नै हुन्छ । तपाइँको कुरा प्रेमि वा प्रेमिकालाई बुझाउन कठिन हुन्छ । मनलाई शान्त राखेको राम्रो ।

मिथुन राशि

आइतबार मिथुन राशि भएकाहरुलाई प्रेमको दृष्टिले राम्रो मानिँदैन । प्रेम प्रसंग आइतबार भन्दा अन्यबार नै गर्नुस् । आइतबारको दिन प्रेमी प्रेमिकाबीच उल्टो मनमुटावको योग देखिन्छ ।

कर्कट राशि

प्रेमको दृष्टिले कर्कट राशिका लागि राम्रो छ आइतबार । तपाइँका प्रेमि वा प्रमिका भाग्यशाली सावित हुन सक्छन् । प्रेमी प्रेमिकाले आइतबारलाई मधुर बनाउन सक्छन् । सकेसम्म प्रेम ब्यक्त गर्नुस् ।

सिंह राशि

सिंह राशिलाई प्रेमको दृष्टिले आइतबार सबै भन्दा उत्तम हुन्छ । यो राशिका ब्यक्तिले प्रेम नै प्रेमको अनुभव गर्न सक्छन् । आफ्नो तरिकाले प्रेम ब्यक्त गर्नुस् महौल तपाइँको पक्षमा छ । प्रेम जीवनको आनन्द लिनुस् ।

कन्या राशि

कन्या राशिका लागि प्रेमको दृष्टिले आइतबार राम्रो छैन । आइतबार प्रेम प्रसंग गर्नु भो भने तपाइँको विछोड हुन पनि सक्छ । खासगरी आइतबार प्रेम भन्दा पनि विवाहेत्तरको सम्बन्ध भएकाहरु समस्यामा पर्न सक्छन् ।

तुला राशि

आइतबार तुला राशिका लागि प्रेमको दृष्टिले मध्यम छ । तपाइँहरुको बीचमा मतभेद आउन सक्छ । आइतबारको दिन प्रेम ब्यक्त गर्नका लागि सही छैन । विचार पुर्‍याएर मात्र गर्नुस् ।

वृश्चिक राशि

प्रेम देखाउने बस्तु होइन भन्ने कुरा विचार गर्नुस् । दिलको कुरा बुझ्ने कोशिस गर्नुस् । यदि तपाइँलाई प्रेम देखाउने चिज हो भन्ने लाग्छ भने मात्र ब्यक्त गर्नुस् । अन्यथा अघि नबढ्नुस् । प्रेमलाई भोग गर्ने बस्तु पनि नठान्नुस् ।

धनु राशि

धनु राशिका लागि पनि प्रेमको दृष्टिमा आइतबार प्रतिकुल छ । तपाइँले समयलाई आफ्नो पक्षमा राम्रो बनाउन नसक्ने पनि हुन सक्छ । तपाइँको जिद्धी स्वभाव घातक हुन सक्छ । अरुका कुरा सुन्नुस् ।

मकर राशि

प्रेम जीवनमा पारदर्शी बन्नुस् । साथीत्वलाई बढी जोड दिनुस् । आफ्नो कुरा भन्नुस् आइतबार तपाइँका लागि शुभ हुन सक्छ । विग्रिएका सम्बन्ध पनि बन्न सक्छन् ।

कुम्भ राशि

आइतबार कुम्भ राशिलाई खासै उत्साहजनक मानिँदैन । प्रेम ब्यक्त गर्नका लागि तपाइँको बोली कठोर बन्न सक्छ । तसर्थ सके सम्म कम बोल्नु राम्रो ।
बोल्नै परे अलि संयमित भएर बोल्नुस् ।

मीन राशि

मीन राशिका लागि प्रेम ब्यक्त गर्न आइतबार नराम्रो मानिँदैन । यद्यपी प्रेममा एक्कासी अघी बढ्न खोज्नु भो भने आँधी पनि आउन सक्छ । केही समय लिएर प्रेममा अघि बढ्नुस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !