१३ बैशाख २०८१, बिहिबार

ज्योतिषशास्त्र अनुसार यी दुई राशिका जोडी कहिल्यै छुट्टिँदैनन्


दुई राशिका जोडी

ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । राशिको संकेतबाट तपाईं आफ्नो पार्टनरले सधैं प्रेम गर्छ कि गर्दैन, थाहा पाउन सक्नुहुन्छ ।

१. सिंह राशि र तुला राशि

सिंह राशि भएका मानिस अभिमानी र कहिल्यै हार नमान्ने खालका हुन्छन् । तर तुला राशि भएका पार्टनरसँग उनीहरू आफूलाई अलग महसूस गर्छन् । तुला राशि भएका मानिसको पार्टनर सिंह राशिको हो भने उनीहरूले राम्रो साथी र रक्षक प्राप्त गर्छन् । यसका साथै आफ्ना आवश्यकताहरूलाई समेत बिर्सेर उनीहरू पार्टनरलाई प्रेम र सहयोग गर्छन् ।

२. कन्या राशि र कुम्भ राशि

कन्या र कुम्भ यी दुई राशि भएका पार्टनर एकअर्काभन्दा फरक हुन्छन् । कन्या राशिका मानिस आफ्नो पार्टनरबाट जेपनि दुईगुणा पाइने अपेक्षा राख्छन् भने कुम्भ राशि भएका मानिसले रहस्यलाई सम्हाली राख्नमा विश्वास गर्छन् । तर यसको बाबजुद उनीहरू परफेक्ट पार्टनर हुन् । फरक स्वभाव भएपनि उनीहरूको प्रेम मजबुत हुन्छ ।

यो पनि पढ्नुहोस् 

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्

यी राशि भएका पुरुषहरुले पाउँछन् सुन्दरसँगै गुणवती जीवनसाथी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !