८ बैशाख २०८१, शनिबार

ग्रहको प्रभावमा कसरी पर्छन् प्राणी जगत ?


planets

आम प्राणी जगतमा ग्रहको प्रभाव तीन किसिमको हुन्छ :- १) नैसर्गिक २) जन्मगत र ३) गोचर
यो लेखमा नैसर्गिक प्रभावबारे उल्लेख गरिन्छ ।
नैसर्गिक प्रभाव भनेको ग्रहको स्वतःप्राप्त हुने फल हो । प्रकृतिका आधारमा व्यक्तिले प्राप्त गर्ने ऊर्जा नै नैसर्गिक फल हो । प्रत्येक ग्रहको आआफ्नो छुट्टाछुट्टै प्रभाव र अधिकार हुन्छ । जस्तै :-

सूर्य :- जन्म, मस्तिष्क, टाउको, पिता, काका, बडाबा वा पुरुष मान्यजन, सरकारी काम, नेतृत्व, प्रशासनिक सम्बन्ध, निर्णय क्षमता र प्रतिष्ठा, घोडा

चन्द्रमा :- किशोर अवस्था, अनुहार, मुख, मन, आमा, सानिमा, ठूलिआमा, महिला मान्यजन, प्रेम, कल्पना, भावना, शान्ति, रसादि, औषधी, पेयपदार्थ, पौष्टिक पदार्थ, शीतलता, चिसो पदार्थ

मङ्गल :- वैंस, रगत, फोक्सो, फियो, दाँत, पिठ्युँ, क्रोध, आँट, आत्मबल, साहस, हिम्मत, दाजुभाइ, बन्धुवान्धव, इष्टमित्र, समान उमेरका पुरुष नातेदार, हातहतियार, माटो, जग्गाजमिन, स्वदेश, देशभक्ति, कर्तव्य र सेवाभावना जोडिएका काम

बुध :- कुमार अवस्था, छाती, मुटु, दूध, चलाखी, धूर्त्याइँ, दिदीबहिनी, मावली, भान्जाभान्जी, कुटुम्बपक्ष र समान उमेरका स्त्री नातेदार, ज्ञानविज्ञान, पठनपाठन, प्रविधि, बुद्धि, प्राज्ञिक क्षेत्र, साजसज्जाको क्षेत्र, व्यापार, वाणिज्य, वित्तीय क्षेत्र, ठगी, चलाखी, धुर्त्याइँ, छट्टुपन, मोटरवाहन (निजी)

बृहस्पति :- विद्यार्थी अवस्था, पित्त, कलेजो, आन्द्रा, मलद्वार, छोराछोरी, कुल, वंश, शिष्य, भद्रभलादमी आप्तजन, ससुरा, सम्धीसम्धिनी वा आफूले सम्बन्ध गाँसेका नातागोताका मानिसहरू, पितृदेवता, तन्त्रमन्त्र, राजनीति, कुटनीति, दर्शन, अध्यात्म, सत्य, सैद्धान्तिक ज्ञान, तपस्या, साधना, शास्त्र, परम्परा, पुस्त्यौनी काम

शुक्र :- ग्राहस्थ्य जीवन, स्त्रीजाति, श्रृङ्गार, काव्य, सौन्दर्य, गीतसङ्गीत र ललितकला, मूत्र प्रणाली, प्रजनन क्षमता, यौनभावना, मैथुन, कामुकता, लज्जा, भोगविलास, पति वा पत्नी, विपरीतलिङ्गी साथीहरू, विज्ञानप्रविधि, इलेक्ट्रोनिक काम, रसायन, रसादि, यौनसामाग्रीको व्यापार, भान्सामा प्रयोग हुने वा गृहिणीले उपयोग गर्ने सरसामाग्री, खेलकुद, गाईबाख्रा

शनि :- बुढेसकाल र मरण, कम्मर, हड्डी, हातखुट्टा, सेवाभावना, श्रम, छोराछोरी, नोकरचाकर, दास, श्रमिक, आफूमुनिका कर्मचारीहरू, दिनहीन अवस्थाका व्यक्तिहरू, फलाम, मिलमेसिनरी, कलपूर्जा, प्रविधि, सीप, न्याय, प्रशासन, दण्ड, भैंसी, मोटरवाहन (भाडाको)

राहु :- परदेशी जीवन, विदेश यात्रा, स्नायु प्रणाली, छाला, नसा, पाचन प्रणाली, जालसाजी, फट्याइँ, चोरीडकैती, जेलनेल, साथीसङ्गति, व्यापारिक साझेदार, सामाजिकता, चराचुरुङ्गी, माछामासु, मादक पदार्थ, सेवामूलक काम, दुर्गन्ध, फोहोर आदिको काम

केतु :- हवाइ यात्रा, जोर्नी, गोलीगाँठो, जोश, उत्तेजना, चिन्तन, सोचविचार, चिन्ता, छट्पटी, उच्चाकाङ्क्षा, मनोरोग, मानसिक विचलन, गूढ रहस्य, अनुसन्धान, अतिन्द्रिय वस्तु (दिवास्वप्न) गुरुपुरोहित, धर्मगुरु, सन्तति (छोराछोरी र नातिनातिनासमेत), भ्रष्टाचार, दुर्व्यसन, व्यभिचार, पुरातत्त्व, परम्परा, अनुसन्धान, खोजी, गुप्तचर, कुटनैतिक काम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !