१३ बैशाख २०८१, बिहिबार

शुक्रबार वैभव लक्ष्‍मीको पूजा यसरी गर्दा मिल्नेछ यति धेरै लाभ


लक्ष्मी

शुक्रबार वैभव लक्ष्‍मीको पूजा यसरी गर्दा मिल्नेछ यति धेरै लाभ ! ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ ।

हिन्दू धर्ममा वैभव लक्ष्मीको पूजा सुख-समृद्धि, धन, वैभव र ऐश्‍वर्यको प्राप्तिका लागि गरिन्छ । धर्मशास्त्र अनुसार नियमपूर्वक पुरै विधि विधानको साथ यसको पुजा गर्दा व्यक्तिलाई यो सबै चीजको प्राप्ति हुन्छ । हिन्दू मान्यताको अनुसार हप्ताको प्रत्येक दिन कुनै न कुनै देवी-देवताको पूजाका लागि निश्‍चित गरिएको छ ।

यसमा लक्ष्मी पूजनका लागि शुक्रबारको दिन छानिएकोले यस दिन देवीको वैभवलक्ष्मी स्वरुपको पनि आराधना गर्नाले वैभव र धन प्राप्त हुन्छ । तर वैभव लक्ष्मीको शुक्रबार व्रतको विधि र नियम यस्तो छ ।

वैभव लक्ष्‍मीको व्रत एवम् पूजा

माता वैभव लक्ष्मीको व्रत शीघ्र फलदायी हुन्छ, त्यहि पनि यदि फल शीघ्र मिलेन भने एक महिनाको फरकमा यसलाई पुन: शुरु गर्नु पर्दछ र इच्छा अनुसार पूर्ण हुनेसम्म व्रत तीन-तीन महिनामा गरिराख्नु पर्दछ । यो व्रत प्रत्येक शुक्रवारको दिन गर्नु पर्दछ ।

व्रत शुरु गर्नु भन्दा पहिले यो कुराको तय गर्नु पर्दछ कि तपाई कति शुक्रबारसम्म यो व्रत गर्न चाहानुहुन्छ । लक्ष्मीलाई श्रीयन्त्र अति प्रिय भएकोले व्रत गर्ने समय श्रीयन्त्रसहित माताको श्रीगजलक्ष्मी, श्री अधिलक्ष्मी, श्री विजयलक्ष्मी, श्री ऐश्‍वर्यलक्ष्मी, श्री वीरलक्ष्मी, श्री धान्यलक्ष्मी र श्री सन्तान लक्ष्मी सबै रूपोंलाई प्रणाम गरौ ।

व्रतको दिन बिहानैबाट लक्ष्मीको नामको स्मरण मन-मनै गरिराख्नु पर्दछ । याद राखौ कि शुक्रबारको दिन यदि तपाई घरबाट बाहिर यात्रा गरिरहनु भएको छ भने यो शुक्रबार छोडेर त्यस पछिको शुक्रबारको दिन व्रत गरौ यसको अर्थ यो हो कि यो व्रत आफ्नै घरमा गर्नु पर्दछ ।

माता लक्ष्‍मीका १८ पुत्र र धन लाभसंग उनको सम्वन्ध

माता लक्ष्‍मी धन-सम्पति कि देवी हुन जो जीवनमा सुख-सौभाग्‍यलाई बनाएर राख्छिन । लक्ष्‍मीलाई भगवान विष्‍णु कि अर्धंगिनीको रूपमा पूजा गरिन्छ । यिनिहरु दुईवटैको १८ पुत्रहरु छन् जसको उल्लेख विभिन्‍न ग्रन्थहरुमा उल्‍लेख गरेको पाईन्छ ।

यसतो मान्‍यता छ कि यदि पैसाको अभाव भएमा लक्ष्‍मीका यी १८ पुत्रहरुको नाम लिएमा तुरुन्त धन लाभ हुन्छ । शुक्रवारको दिन देवीको पूजामा यिनीहरुको नामको जापबाट माता लक्ष्मीको कृपा प्राप्‍त हुन्छ र समस्‍याहरुबाट छुटकारा मिल्छ ।

माता लक्ष्‍मीका १८ पुत्रहरुको नाम

१. देवसखा, २. चिक्लीत, ३. आनन्द, ४. कर्दम, ५. श्रीप्रद, ६. जातवेद, ७. अनुराग, ८. सम्वाद, ९. विजय, १०. वल्लभ, ११. मद, १२. हर्ष, १३. बल, १४. तेज, १५. दमक, १६. सलिल, १७. गुग्गुल र १८. कुरूण्टक।

यो पनि पढ्नुहोस्

शुक्रबार बसिन्छ ३ किसिमको व्रत : कसको पूजा गरे के लाभ मिल्छ ?

शुक्रबार सन्तोषी माताको व्रतमा के गर्ने र के नगर्ने ?

शुक्रबार यसरी महाकालीको पूजा गरेमा मिल्नेछ यस्तो लाभ

शुक्रबार के के काम गर्दा सफलता मिल्छ ?

शुक्रबार जन्मेका मानिसको भविष्य र आचरण

शुक्रवारमा कुन देवी-देवताको पूजा गर्ने ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !