७ बैशाख २०८१, शुक्रबार

यसकारण दक्षिण र पुर्व दिशामा खुट्टा राखेर सुत्न हुँदैन


सुत्न

शास्त्रअनुसार सधै पुर्व वा पश्चिम दिशामा टाउको वा सिरानी राखेर सुत्नु पर्छ । यी दिशामा सिरानी राखेर सुत्दा आयु लामो हुने र स्वास्थ्य पनि राम्रो हुनेछ । शास्त्रमा उत्तर वा दक्षिण दिशामा टाउको राखेर सुत्दा स्वास्थ्य राम्रो नहुने बताइएको छ । विज्ञानले पनि यो दिशामा सिरानी राखेर सुत्दा धेरै रोगहरुबाट शरीरलाई रक्षा गर्दछ । ध्रुवको आकर्षणको फलस्वरुप प्रगतिशील विद्युत प्रवाह दक्षिणबाट उत्तर दिशामा र हाम्रो टाउकोमा प्रवेश गर्छ र खुट्टाबाट निस्कन्छ । यसकारण बिहान जब हाम्रो आँखा खुल्छ तब हाम्रो दिमाग विशुद्ध विद्युत परमाणुबाट परिपुर्ण एवं स्वस्थ्य हुन्छ । यसको साथै मानिस मरेपछि दक्षिण दिशामा खुट्टा र उत्तर दिशामा टाउको राखिने भएकोले पनि यो दिशामा राख्न मनाहि गरिएको हो ।

जब एक जिबित व्यक्ति यो पोजिशनमा रातमा सुतेमा नराम्रो सपना देख्ने, निन्द्रा पुरा हुन नपाउने र मध्य रातमा आँखा खोल्ने हुन्छ र निन्द्रा लाग्दैन । यसकारण बुढा पाकाले भनेका केहि कुराहरु अन्धविश्वास भन्दै वास्था नगर्नु हुँदैन । किनकी विज्ञानको हरेक चीज वा नियमको पछाडी केहि लुकेको हुन्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !