८ बैशाख २०८१, शनिबार

दक्षिण अफ्रिकाको संविधानसभा र संविधान निर्माण प्रक्रिया


पृष्ठभूमि : दक्षिण अफ्रिकामा लोकतन्त्र आउन सशस्त्र र निःशस्त्र दुवै आन्दोलन भएका थिए जसमा धेरै कालाहरूको ज्यान गएको थियो । प्राकतिक स्रोत साधनको दृष्टिकोणले धनाढ्य दक्षिण अफ्रिकामा धेरै मुलुकहरूले आफ्नो कब्जा जमाउने चेष्टा पहिलेदेखि नै हुँदै आएको हो । सन् १७९५ मा बेलायतले दक्षिण अफ्रिकामाथि आफ्नो कब्जा जमाई नियन्त्रणमा लियो । यस क्रममा बेलायतले आफ्नो नियन्त्रणमा राखेपछि ब्रिटिश ढाँचाकै राजनीतिक पद्धति अवलम्बन गर्न दक्षिण अफ्रिका बाध्य भयो । सन् १९०९ मा ब्रिटिश संसदबाट ऐन जारी गरी वेष्ट मिनष्टर स्वरूपको संसदीय प्रणाली दक्षिण अफ्रिकामा लागु गरियो । सन् १९१० मा बेलायतले दक्षिण अफ्रिकाबाट आफ्नो सरकारलाई फिर्ता अधिकार सुरक्षित गरियो । बहुसंख्याक कालाका अधिकार खोसियो ।

रङ्गभेद र जातीय भेदभाव विरूद्ध लोकतान्त्रिक पद्धतिको स्थापना हुनुपर्ने भन्ने आन्दोलनका अग्रज दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलालाई सन् १९६४ मा आजीवन कारावासमा राख्ने निर्णय अनुरूप जेल पठाइयो ।

जातिय भेदभाव र रङ्गभेद बढी प्रश्रय पाएको दक्षिण अफ्रिकामा सन् १९४८ को निर्वाचनबाट अल्पमत गोराको नेशनल पार्टी सत्तामा आयो । सन् १९६० मा जनमत सङ्ग्रह गरी गणतन्त्रात्मक संविधान जारी गरियो । अल्पमत गोराको हकअधिकारलाई संरक्षण गर्दै बहुसंख्यक कालाको अधिकार कुण्ठित गरियो । रङ्गभेद र जातीय भेदभाव विरूद्ध लोकतान्त्रिक पद्धतिको स्थापना हुनुपर्ने भन्ने आन्दोलनका अग्रज दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलालाई सन् १९६४ मा आजीवन कारावासमा राख्ने निर्णय अनुरूप जेल पठाइयो । दक्षिण अफ्रिकामा सन् १९९० को दशकपछि गोरा, काला, एसियन, रेड इन्डियन समेतको समानुपातिक प्रतिनिधित्व होस् भन्न बहुमतका आधारमा निर्वाचित हुने प्रणालीलाई परित्याग गरी समानुपातिक प्रतिनिधित्वको निर्वाचन प्रणाली अपनाए । काला ७५ प्रतिशत, गोरा १४ प्रतिशत (डच, फ्रेन्च, अंग्रेज र जर्मन), रेड इन्डियन ९ प्रतिशत, एसियन २ प्रतिशत, जनता देशका विभिन्न भागमा छरिएर बसेका थिए ।

संविधान निर्माण प्रक्रिया

दक्षिण अफ्रिकामा राष्ट्रिय सभाले सो सभाका सदस्यहरु मध्येबाट राष्ट्रपतिको निर्वाचन गर्ने र राष्ट्रपतिको रुपमा नियुक्त भई सकेपछि निजको संसद सदस्यको पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ । दक्षिण अफ्रिकाको संविधानसभाद्वारा गरिएको संविधान निर्माण प्रक्रियालाई प्रमुख रूपमा तीन चरणहरूमा विभाजन गर्न सकिन्छ ।

पहिलो चरण : सन् १९९० पूर्वको अवधिमा अफ्रिकी राष्ट्रिय कङ्ग्रेस र सरकारबीच प्रारम्भिक सम्पर्कहरू र अनौपचारिक वार्ताहरूमा हुने गोप्य छलफलहरुका निम्ति आजीवन कारावासको सजाय भोगेर थुनामै रहेका नेल्सन मण्डेलाले पहल गरेका थिए । फेब्रुअरी १९९० मा अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको प्रतिबन्ध फुकुवा गरेर नेल्सन मन्डेलालाई जेलबाट रिहा गरिएपछि अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको प्रतिनिधिमण्डल र सरकारमा रहेको राष्ट्रिय पार्टीको प्रतिनिधिमण्डलका बीचमा औपचारिक बैठकहरू भए ।

दोस्रो चरण : सन् १९९० देखि १९९४ सम्मको महत्वपूर्ण अवधिमा पहिलेका शत्रुहरूबीच निजी तथा सार्वजनिक भेलाहरूमा प्रक्रियाबारे औपचारिक सम्झौताका लागि प्रमुख रूपमा संविधान निर्माण प्रक्रिया, अन्तरिम संविधान र प्रक्रियाका निम्ति अपनाइने सिद्धान्तहरूमा सहमतिहरू गरिएका थिए । यस चरणमा सन् १९९१ को वृहत शान्ति सम्झौता र सन् १९९३ को अन्तरिम संविधानलाई महत्वपूर्ण कार्यका रूपमा लिन सकिन्छ । सन् १९९४ अप्रिल २७ तारिखबाट लागु भएको अन्तरिम संविधान संविधानसभाको सफलताका लागि अत्यन्तै महत्वपूर्ण दस्तावेज थियो । अन्तरिम संविधान बमोजिम गठित संवैधानिक अदालतले अन्तिम रूपमा प्रमाणित गरेपछि मात्र संविधान लागु हुने प्रावधान पनि त्यसमा उल्लेख गरिएको थियो ।

तेस्रो चरण : सन् १९९४ देखि १९९७ सम्मको अवधिमा संधिवनसभामा विभिन्न संवैधानिक विषयमा भएका बहसहरू लगायत अन्तरिम संविधानलाई प्रतिस्थापन गर्ने नयाँ संविधान मस्यौदा गर्नु र संवैधानिक अदालतद्वारा त्यस संविधानको प्रमाणीकरणका निम्ति चालिहने कदमहरू थिए । यस चरण अन्तर्गत सन् १९९४ को अप्रिल महिनामा संसद्का लागि गरिएको पहिलो गैरजातीय निर्वाचनमा ८६ प्रतिशत मतदाताले मतदान गरेका थिए । सन् १९९६ डिसेम्बरमा राष्ट्रपति नेल्सन मण्डेलाले हस्ताक्षर गरेर नयाँ संविधानलाई विविधत् रूपमा लागु गरे ।

सन् १९९६ डिसेम्बरमा राष्ट्रपति नेल्सन मण्डेलाले हस्ताक्षर गरेर नयाँ संविधानलाई विविधत् रूपमा लागु गरे ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल । 

यो पनि पढ्नुहोस् 

बोलिभियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

इराकको संविधानसभा र संविधान निर्माण प्रक्रिया

भेनेजुयलाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पेरुको संविधानसभा र संविधान निर्माण प्रक्रिया

नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !