१२ बैशाख २०८१, बुधबार

बोलिभियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया


बोलिभियाको संविधानसभा

दक्षिण अमेरिकी राज्य बोलिभियामा सन् २००४ मा राज्य सुधारका लागि संविधानसभाबाट नयाँ संविधानको निर्माण गर्ने घोषणा गरियो । पहिले क्षेत्रीय स्वयत्तताका लागि जनमत सङ्ग्रह भयो । त्यसपछि सन् २००६ मा मिश्रित निर्वाचन प्रणालीबाट संविधानसभाको निर्वाचन सम्पन्न गरियो ।

तल्लो सदनमा पहिलो हुनेले जित्ने प्रणाली अपनाइएको थियो । प्रत्येक जिल्लालाई एक निर्वाचन क्षेत्र मानी निर्वाचन गरियो भने ९ वटा जिल्लामा सूची समानुपातिक प्रणाली अपनाइयो । सूची प्राथमिकता नम्बरको आधारमा बनाइएको थियो ।

कम्तिमा पाँच प्रतिशतको प्राथमिकतामा नपरेका उम्मेदवारले निर्वाचन जित्न नसक्ने व्यस्था गरिएको थियो । बोलिभियामा अगष्ट ६, २००६ मा संबिधानसभाको चुनाव मार्फत बनेको सभाले संबिधानको मस्यौदा तयार गरेको र त्यसलाई जनमत संग्रहले अनुमोदन गरेको थियो ।

सन्दर्भ सामाग्रीहरू

१. नेपालको दोस्रो संविधानसभा तथा ब्यबस्थापिका संसदका सदस्यहरू, गोपाल भण्डारी, माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन, २०७२, मंसीर, काठमाडौं,  नेपाल ।

२. संविधानसभा र संवैधानिक विकास : विश्वको तुलनात्मक अध्ययन, काशीराज दाहाल, निरन्तर प्रकाशन, २०६३, काठमाडौं ।

३. संविधानसभा प्रकिया र अनुभवहरु, भिमार्जुन आचार्य, राष्ट्रिय शान्ति अभियान, २०६३ माघ, काठमाडौं, नेपाल ।

४. संविधान, संविधानबाद, संविधानसभा र राज्यको पुर्नसंरचना, चन्द्रकान्त ज्ञवाली, २०६३, जेठ, काठमाडौं, नेपाल । 

यो पनि पढ्नुहोस् 

इराकको संविधानसभा र संविधान निर्माण प्रक्रिया

भेनेजुयलाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पेरुको संविधानसभा र संविधान निर्माण प्रक्रिया

नर्वेको संविधानसभा र संविधान निर्माण प्रक्रिया


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !