८ बैशाख २०८१, शनिबार

यस्तो ब्यबहार जायज भएन सरकार, ध्यान दिन जरुरी 


नाकामा नेपालीहरुको हुल
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यस्तो ब्यबहार जायज भएन सरकार, ध्यान दिन जरुरी ! यो समय भनेको नागरिकलाई विश्वास दिलाउनुपर्ने र कुन चिजको कमी छ भनेर पुर्याउने समय हो । रोग लाग्न नदिनु राम्रो हो तर रोग लागेकालाई घरमा बस भन्नु के जायज हो र ?

डाक्टरले कुनै प्रवाह नगरी चेकजाँच गर्दै औषधि दिइरहेका छन् । रोग मेरो विचारमा ठूलो होइन तर रोग लागेकालाई बचाउन प्रयत्न गर्नु र सर्नबाट रोक्नु ठूलो कुरा हो । वर्तमान अवस्थालाई नियाल्दा रोग दवाउनु पनि ठूलो समस्या हो । उपचार गराउन पाउनुपर्छ ।

खोकी लागेको छ, दम बढेको छ यस्ता लक्षण देखिदैमा नोबेल कोरोना भाइरस हुनसक्छ भन्दै उपचार नगर्नु वा नगराउनु भनेको ठूलो मुर्खता हो, उ त्यसै मर्न सक्छ । आज हामीले आफ्नो स्वार्थमा नोबेल कोरोना भाइरस नै नलागेको व्यक्तिलाई मर्न बाध्य बनाउदैछौं के यो जायज हो र ?

बृद्ध हुनु समस्या होइन बृद्ध भएर उपचार नै नपाई मर्नु बाध्यता भएन र ? बर्तमान अवस्थालाई नियाल्दा चक्काजामले रोग रोक्ने होइन बरू गाउँबाट रोगको सक्रमण फैलन सक्ने देखिन्छ । उदाहरण यदि गाउँमा कुनै एक जनालाई नोबेल कोरोना भाइरस लागेको छ, यसको उपचार भएन भने उसले गाउँका अन्यलाई रोग सार्न सक्छ ।

जस्तै सानो तान्द्रोमा लागेको आगो फैलिदै भिषण ठूलो हुदै देशलाई नै समाप्त पार्न सक्छ । यस्तो अवस्था आउन नदिन हामीले प्राथमिक उपचार गराउदै जानु आवश्यक छ । नगरपालिकाभित्र कति जना श्वासप्रश्वासका रोगी छन् कति बृद्धबृद्धा छन् सबैको रेकर्ड राख्दै उनीहरूलाई सरकारको निगरानीमा उपचार गराउन आवश्यक छ । यस्तो ब्यबहार जायज भएन सरकार, थप ध्यान दिन जरुरी छ ।

यो पनि पढनुहोस्

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

मानिसलाई रोग लाग्नुका प्रमुख कारणहरू

कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !