१३ बैशाख २०८१, बिहिबार

सच्चा देशभक्त साहसी युवा राजनेता माग्दैछ यो देशको माटोले, अव जाग युवा जाग


सच्चा देशभक्त साहसी युवा राजनेता माग्दैछ यो देशको माटोले, अव जाग युवा जाग
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सच्चा देशभक्त साहसी युवा राजनेता माग्दैछ यो देशको माटोले, अव जाग युवा जाग, नामर्द नबन यो देश बनाउनु छ तिमीले ! कुनै पनि राष्ट्र वा समाजको विकासमा युवा पिढीको खाँचो हुन्छ । युवाहरुको आचरण, उनीहरको विचार, सोच्ने तरिका, कार्यशैली, उच्च शिक्षा हासिल आदि कुराले युवाहरुको विकास संगसंगै देशको विकास पनि त्यसैमा भर पर्दछ र जोडिएको हुन्छ । तर के युवाहरु नयाँ उर्जा र सिर्जनशीलताका साथ अगाडि बढिरहेका छन् त ? आजका युवाहरु केवल आफ्नो निजी स्वार्थका बारेमा मात्र सोच्न थालेका छन् त ? आफ्नो समाज राष्ट्रप्रतिको जिम्मेवारीप्रति किन गैरजिम्मेवार बन्दै गइरहेका छन् युवा पिढी सोच्नुपर्ने समय देखिएको छ ।

युवा अवस्था भएको सम्पूर्ण जीवनको सबैभन्दा ऊर्जाशील समय हो । युवा भन्नाले शरिरमा बल, मस्तिष्कमा सोच, मनमा सपना र सपना साकार गर्न सक्ने क्षमताका साथै जोस र जाँगर भएको उमेर हो । समृद्ध एवम् सबल युवा हुनका लागि उमेरका साथसाथै शारिरीक एवम् मानसिक स्वस्थताका साथसाथै सामाजिक, राजनीतिक, सांस्कृतिक एवम् आर्थिक वातावरण समेत उन्नत हुनु जरुरी छ । नेपालमा भएका युगान्तकारी परिवर्तनहरूमा युवाको प्रमुख सहभागिता छ । हजारौँ युवाले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि जीवन बलिदान दिएका छन् । युवाका योगदान, सङ्घर्ष र सहभागिता राज्यका हरेक क्षेत्रका लागि महत्वपूर्ण रहेको हुन्छ ।

यदि युवाहरु कसैबाट संचालित हुनुहुन्छ भने त्यस्तालाई युवा भन्न सकिदैन । यदि युवा यसरी नै कसैबाट संचालित भए युवा दास भन्दा अरू केही नहुने वर्तमान अवस्थाले देखाएको छ । युवा भनेको परिवर्तनका संवाहक हुन्, देश विकासका मेरुदण्ड हुन् अनि सबै युवा पसिना बगाउँन विदेश पलायन हुन थाले पछी कसरी समृद्ध देश बन्छ ? कसरी सुखी नेपाल बन्छ ? मैले युवा उमेर हुनेहरुलाई मात्र दाँज्न खोजिरहेको छैन, युवा एक सोच हो, उर्जा हो, एक अदम्य साहस हो । उमेर जति भएपनि अगाडि बढिरहने एक अदभूत क्षमता युवामा हुनुपर्छ । कुनै पनि राष्ट्र वा समाजको स्तरउन्नतिमा युवा पिढी जाग्नुपर्छ र लाग्नुपर्छ ।

विश्वमा कुनै पनि देश यस्तो छैन जुन देशका युवा देश निर्माणमा लागेका छन् र देश नबनेको होस् । नेपालमा नै केहि गर्न सकिन्छ भन्ने आत्मविश्वास गुम्न लागेको आजको अवस्था र युवाको निराशा बढ्दो क्रममा छ । यस्तो हिन्नता बोध हुनुको पछि कसको हात छ यसतर्फ सवै युवाको ध्यान पुग्न आवश्यक छ । युवा बेरोजगार होइनन् बनाइएका छन् यसतर्फ किन ध्यान पुग्न सकिरहेको छैन युवा वर्गको । यदि युवा जाग्न सके यो देश अवश्य बन्छ यसमा दुईमत छैन । आज युवाको रगत फ्रिज हुदै गएको छ । युवा नजागे यो देश समाप्त हुन्छ । युवालाई खेलौनाको रूपमा हेरिदैछ ।

यसरी नेपालका युवाहरु राजनीतिको भमरिमा फस्दैछन् जसको कुनै तुक छैन । नेपालमा परिवर्तन त भयो युवाको भएन । नेपालमा बन्द उद्योग खोल्नुपर्छ भन्ने माग युवामा देखिएन । मैले त युवालाई नामर्दको संज्ञा दिन्छु यसमा मलाई गाली नगर्नुहोला । भोक लागेको छ तर खोसेर खान नसक्ने युवालाई मैले के युवा भनौं । नेपाली समाज बदलिएको भएपनि विडम्बना भन्नुपर्छ समाज बदल्ने साधन राजनीति बदलिएको छैन । अठारौं शताब्दीमा प्रतिपादन भएको समाजवादी तथा पुँजीवादी चिन्तन नै अहिलेसम्म नेपालमा पार्टीहरूको मुख्य राजनीतिक दर्शन बनेको छ ।

गैडाकोटको कागज कारखानामा काम गर्ने एकजना युवालाई मैले एउटा प्रश्न गरेको थिए आज पनि मलाई याद छ त्यति बेला आन्दोलन चर्की रहेको थियो । कारखानामा तलब भत्ता दोब्बर हुनुपर्छ भन्ने माग रहेछ । मैले भनेको थिए आवश्यक भन्दा बढी माग राख्दा कतै फ्याक्ट्र नै बन्द भए के गर्नुहुन्छ । उहाँले भन्नुभयो युनियनका नेताले फ्याक्टोरी बन्द हुदैन आन्दोलन जारी राख्नुस भन्दै गर्नेहरू रातारात करोडपति बने तर पछि फ्याक्टोरी बन्द भएपछि काम गर्नेहरू कोही कतार मलेसिया पुगे कोही मन्त्री बने यस्तो छ युवाहरूलाई प्रयोग गर्नेहरू तर पनि युवाहरू नामर्द झै दु:ख भोक्दैछन् ।

हाम्रो देश नेपालमा पनि अल्र्वट आइन्स्टाइन, कार्ल माक्स, विलियम शेक्सपियर, लियोनार्दो दा भिञ्ची, मदर टेरेसा, मेडम क्यूरी, अव्राहम लिङ्कन, महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता महान् व्यक्तित्वहरूको खाँचो छ । डा. महाथीर विन मोहम्मद, वाराक ओबामा, सी चिंग फिंग जस्ता प्रतिभाशाली नेताको जन्म हुनुपर्ने अत्यन्तै आवश्यक छ नेपाल आमालाई । नत्रभने बुद्घले किराँतेश्वर महादेवको रुप धारण गर्नेछन् पवित्र भूमि नेपालमा ।

हुनसक्दछ धरै नेपाली आइन्स्टाइन, शेक्सपियर, माक्सहरू गाउँमा गाई, भैसी चराउँदै र विदेशको मरुभूमिमा भेडा हेर्दै होलान साथै युरोप र अमेरिकामा डिपाटमेन्टल स्टोर र पेट्रोल पम्पमा काम गर्दै होलान् । तातो रगत भएका युवाहरुलाई विदेशको मरुभूमिमा भेडा हेर्न पठाएर सत्तासिन पार्टीका नेताहरु यहाँका मस्ती गरिरहेका छन् । दैनिक हजारौंको संख्यामा अध्यागमनमा लाम लाग्ने, अनिश्चित भविष्यको तुवाँलो आँखामा वोकेर खाडी, मलेसिया तथा भारत छिर्ने युवा र शिक्षाको खोल ओठेर रोजगारको लागि अमेरिका, वेलायत, क्यानाडा, जापान र अष्ट्रेलिया जाने युवा-युवतीहरूको विषयमा तिनीहरूलाई राष्ट्र निर्माणलाई कसरी सान्दर्भिक र अर्थपूर्ण रूपमा ल्याउन सकिन्छ भन्ने कुरा आजको परिवेशमा अत्यन्त आवश्यक भइसकेको छ ।

हुनसक्दछ धरै नेपाली आइन्स्टाइन, शेक्सपियर, माक्सहरू गाउँमा गाई, भैसी चराउँदै र विदेशको मरुभूमिमा भेडा हेर्दै होलान साथै युरोप र अमेरिकामा डिपाटमेन्टल स्टोर र पेट्रोल पम्पमा काम गर्दै होलान् । तातो रगत भएका युवाहरुलाई विदेशको मरुभूमिमा भेडा हेर्न पठाएर सत्तासिन पार्टीका नेताहरु यहाँका मस्ती गरिरहेका छन् ।

नेपालका गाउँघरबाट शिक्षा हासिल गर्न शहर पसेका सीमित व्यक्तिहरूको सपना देश निर्माण गर्ने हुन्छ भने “एक पुस्ताको पसिना र खोज” अर्को “पूस्ताको मोज” भन्ने संस्कारमा हुर्किएका शहरिया युवायुवतीको नचाहिदो तडकभडक, लागू पदार्थको सेवन समाजको ठूलो रोग भईसकेको छ । आधुनिकता भनेको ज्ञान, विज्ञानमा परिष्कृत हुनु हो, तर पूरै नक्कल गर्नु चाहि होइन, त्यसलाई विकास गर्नु पनि हो । धर्म, कर्म, नैतिकता, जीवन दर्शनको मूल मर्मलाई भूलेर पश्चिमा संस्कारको नचाहिदो नक्कल गरी व्यक्तिगत स्वार्थमा समाज दौडिरेहेको छ ।

चाणक्य भएका थिए, ”शिक्षित व्यक्ति राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले तपाईंमाथि शासन गर्छन् ।” माओले कुनै समयमा भएका थिए, ”युवा हो यो संसार तिमीहरूको हो, हाम्रो पनि हो, फेरि तिमीहरूकै हो । युवा राजनीतिसँग जोडिएमा मात्र देश विकास हुन्छ ।” अतः शिक्षित युवा राजनीति र यसको नेतृत्वमा आएनन भने यो एउटा दण्डको भागीदार भएर देश जस्ताको तस्तै हुन्छ । युवाको काँधमा देशको राजनीतिमा आएर नेतृत्व गर्ने जिम्मेवारी दिन प्रतिदिन बढिरहेको छ । हामीले यो समयमा आफ्नो राष्ट्रको निम्ति सोचेनौं भने भावी पुस्ताले धिक्कार्नेछ र सराप्नेछ । त्यसकारण यो जटिल समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा एकछिन सोच्नैपर्छ ।

चाणक्य भएका थिए, ”शिक्षित व्यक्ति राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले तपाईंमाथि शासन गर्छन् ।” माओले कुनै समयमा भएका थिए, ”युवा हो यो संसार तिमीहरूको हो, हाम्रो पनि हो, फेरि तिमीहरूकै हो । युवा राजनीतिसँग जोडिएमा मात्र देश विकास हुन्छ ।”

“ग्रहहरूले अरुको प्रकाश लिएर आफु उज्यालो वन्दछन् भने ताराहरूले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन्” । नेताहरु भनेका ताराहरु जस्ता हुनुपर्छ । देशको भाग्य र भबिष्य निर्माणको लागि नेताको मात्र दोष नभई जनताको पनि उतिकै भूमिका हुन्छ । देशप्रतिको आफ्नो उत्तरदायित्व वोध भएका सच्चा असल नागरिक र युवा राजनेताको खाँचो छ नेपाल आमालाई । प्रत्येक नागरिकमा देशले के दियो भन्दा पनि मैले देशको लागि के दिन सक्छु भन्ने भावनाको उजागर हुनु अत्यन्तै आवश्यक छ ।

“ग्रहहरूले अरुको प्रकाश लिएर आफु उज्यालो वन्दछन् भने ताराहरूले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन्” । नेताहरु भनेका ताराहरु जस्ता हुनुपर्छ ।

किन जानुपर्छ विदेशमा यहाँ संघर्ष गरेमा नेपालमा सवै छ । केवल बन्द उद्योग खोल्न र नयाँ उद्योग खोल्न राजनीतिको सदस्य बनेर होइन एउटा देशको नागरिकको हैसियतले एकजुट भएर शसक्त आन्दोलनमा जाग्नुहोस् अधिकार खोस्नुहोस् अनि हेर्नुस सवै युवाको हातमा जागिर हुनेछ ।  सच्चा देशभक्त साहसी युवा राजनेता माग्दैछ यो देशको माटोले, अव जाग युवा जाग, नामर्द नबन यो देश बनाउनु छ तिमीले ! साच्चै भन्ने हो भने देशले फेरि एउटा जंग बहादुर खोजेको छ ।

सच्चा देशभक्त साहसी युवा राजनेता माग्दैछ यो देशको माटोले, अव जाग युवा जाग, नामर्द नबन यो देश बनाउनु छ तिमीले !साच्चै भन्ने हो भने देशले फेरि एउटा जंग बहादुर खोजेको छ ।

यो पनि पढनुहोस्

नेपाल अब कृषिप्रधान देश रहेन

सच्चा देशभक्त राजनेताको पर्खाइमा नेपाल आमा

नेपालमा लोकतन्त्र परिवर्तन हुदैछ लुटतन्त्रमा

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ

नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !