६ बैशाख २०८१, बिहिबार

यस्तो थियो पृथ्वीनारायण शाहको नेपाल एकिकरणको योगदान

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस


पृथ्वीनारायण शाह

काठमाडौँ । हरेक बर्ष पौष २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्ती हर्षोल्लासपूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झक्झक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ । आज पनि पुस २७ गते देशभर विभिन्न खालका कार्यक्रमहरु गरेर मनाउँदैछन् ।

पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहको सालिक भत्काउने, राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती नमान्ने र हटाउन दबाब दिएका थिए । बाबुराम भट्टराईको निर्देशनमा पोखरा, गोर्खा, सिंहदरबार अगाडि र नुवाकोटमा रहेका पृथ्वीनारायणका सालिक फोरियो । ०६३ को आन्दोलन बिसर्जन पछि पुस २७ गते मनाइँदै आएको राष्ट्रिय एकता दिवस बाबुरामकै दबाब र कांग्रेसका गिरिजाको निर्देशनमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाबाट खारेज गरियो ।

पृथ्वीनारायण शाहबाट वि.सं. १८२५ मा काठमाडौं उपत्यका विजय गरेर विशाल नेपालको सिर्जना गरिएको समयभन्दा सय वर्षपछि सन् १८६८ मा टुक्रा-टुक्रामा विभाजित जर्मन, इटाली एकीकरणमा जुटेका थिए । सन् १८६८ अगाडि जापान सोगुनहरूको जहानियाँ शासनबाट ग्रसित थियो ।

सन् १८६८ मा मेजी रेस्टुरेसनको नाममा राजा र जनताको प्रयासमा जापानले आधुनिक निर्माणको बाटो लियो । नेपालको एकीकरण भइसकेपछि फ्रान्समा राज्यक्रान्ति भएको र त्यसबेला अमेरिका बेलायती उपनिवेशमा जकडिएको थियो । विश्वका कैयौँ देशहरू अन्धकारमा रहेका बेला पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर नेपालको अस्मिता बचाउने काम गरेका हुन् ।

अंग्रेजी साम्राज्यले यस क्षेत्रलाई आफ्नो कब्जामा लिन खोजेको अवस्थामा उनले सूर्यचन्द्र झन्डा फहराएर हिमवत्खण्ड–नेपालको मौलिकतालाई जोगाउन सकेका थिए । पृथ्वीनारायणले वि.सं. १८०० मा बनारस भ्रमण गरेका बेला अंग्रेजले भारतीय परम्परा र संस्कृति ध्वस्त पारेको आफ्नै आँखाले देखे ।

अंग्रेजले भारतीय जनतालाई दु:ख दिएको देखेपछि यस क्षेत्रका स–साना राज्यहरू एकीकरण गरेर यहाँको अस्मिता जोगाउन लागे । हिमवत्खण्डमा रहेका साना राज्यहरूमा सुशासन नहुँदा जनताले दु:ख पाएका थिए । यसले पृथ्वीनारायणलाई राष्ट्रिय एकीकरणमा धेरै सजिलो भएको थियो ।

एकीकरणको दौरानमा कीर्तिपुरको विजयपछि पृथ्वीनारायणबाट अत्यन्त सशंकित भएर कान्तिपुरका जयप्रकाश मल्लले अंग्रेजी फौजको सहायता मागे । कप्तान किनलकको नेतृत्वमा २४ सय अंग्रेज सेना जयप्रकाशको सहायतार्थ काठमाडौंमा पठाइयो । त्यहि पृथ्वीनारायण शाहको योगदानले गर्दा अहिले नेपालहरुले नेपाली भएर जिउन पाएका छन् ।

नेपालको अस्तित्व जोगाएका पृथ्वीनारायण शाहपछि नेपालमा त्यस्ता योगदान पुर्याउने खालका कुनै राजनेता जन्मिएका छैनन् । गर्न खोज्नेहरु धेरै जन्मिए । तर खुट्टा तान्नेहरु धेरै भएपछि खासै काम गर्न सकेनन् । नेपाली जनताले धेरै नेताहरु पाए । तर पृथ्वीनारायण शाह जस्तो कहिले पाएनन् ।

पछिल्लो समय यता हेर्ने हो भने झन नेपाली राजनीतिमा धेरै प्रश्न उठ्ने गरेको छ । त्यतिमात्र होइन त्यतीकै भ्रष्टाचार मौलाएको छ भ्रष्ट नेताहरु नै राष्ट्र चलाउने पदमा रहेका छन् । त्यहि कारणले पनि नेपाल यो हालतमा भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !