७ बैशाख २०८१, शुक्रबार

चिन्ताबाट मुक्त हुने मेरा तीन कदमहरु, जुन तपाईंलाई पनि काम लाग्न सक्छन्


aruan

जीवनमा सबैले कुनै न कुनै दिन चिन्ताको महसुस गरेकै हुन्छन्। भनिन्छ, चिन्ताले मानिसलाई चिताको बाटोमा पुर्याउँछ। चिन्तालाई समाधान गर्ने सबैका आ-आफ्नै तरिका हुन्छन्। सबैलाई तनाव लिएर बाँच्न कठिन नै हुन्छ। बिना चिन्ता बाँच्नु नै सफल र सुखी जीवन मानिन्छ। आउनुहोस्, म तपाईंलाई यस्ता तीन कदम बताउँछु, जुन म सदैव प्रयोग गर्छु र सफल हुन्छु।

पहिलो कदम – सर्वप्रथम त म आफ्नै परिधिलाई निडर भएर नियाल्छु र यो कुरा पत्ता लगाउँछु कि मैले गरेको गल्तीले के अनिष्ट हुन सक्छ वा मैले गर्न लागेको कामले के हानी या फाइदा हुन सक्छ।

दोस्रो कदम – आफ्नो गल्ती या कामले भएको वा हुनसक्ने अनिष्टको निश्चित भएपछि यसलाई स्वीकार्न म आफुलाई तयार रहन शक्ति प्राप्त गर्छु, जुन मेरो सकारात्मक सोचबाट प्राप्त हुन्छ। सकारात्मक सोच गल्ति स्वीकारेपछि आफै प्राप्त हुन्छ ।

तेस्रो कदम – दोस्रो कदमपछि म शान्त भावले आफ्नो शक्ति र समय प्रयोग गरी स्वीकृत अनिष्टलाई सुधार गर्ने प्रयास गर्छु । अकस्मात् त्यतिबेला म चिन्ता समाप्त भएको महसुस गर्छु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !