१३ बैशाख २०८१, बिहिबार

मादले भाई


tribendra-timsina

संस्कृति र परम्परा जोगाउन पहिला पहिला सांस्कृतिक कार्यक्रमहरु धेरै हुन्थे जसमा नेपाली पोशाकहरु लगाइन्थ्यो, नौमती बाजा बजाइन्थ्यो, नेपाली गीतहरु गाइन्थ्यो तर आजभोलि यस्तो चलन हराएजस्तो भको छ। म पनि यस्ता कार्यक्रमहरुमा सरिक हुन्थें। यस्तै क्रममा एक चोटि स्कुलहरुबिच जिल्लास्तरिय सांस्कृतिक कार्यक्रम हुने भयो। हाम्रो स्कुलले पनि भाग लिने भयो जसमा मलाइ मादल बजाउने जिम्मा दिइयो जतिबेला म ५ कक्षामा पढ्थें। १५ वटा स्कुल बिच हुने प्रतिस्पर्धामा हामी पनि पूरा तयारीका साथ सदरमुकाम पुग्यौँ।

निकै बरिष्ठ व्यक्तित्वको उपस्थिति एवं भरिभराउ दर्शकहरु बिच कार्यक्रम शुरु भयो। जब हाम्रो पालो आयो, हामी स्टेजमा मात्र के पुगेका थियौँ, एकदमै हुटिङ आयो। कारण रहेछ एउटा फुच्छे केटाले मादल भिरेको देखेर। हामिले हाम्रो प्रदर्शन शुरु गर्यौँ मेरो मादलको तालबाट। मेरो मादलको तालले माहुल निकै रोचक बनाएको अनुभव गर्दै थियौँ र त्यसमा साथीहरुले पनि साथ दिइरहेका थिए। जब हामी स्टेज बाट बाहिरिदैथियौँ, दर्शकबाट आवाज आयो, “once more मादल, once more मादल”।

जब सबैको पालो सकियो, मलाइ फेरि बोलाइयो। म अचम्ममा परें। कुरो के रहेछ भने, त्यहाँ बस्नु भएका ठुला व्यक्तित्वले पनि मैले मादल बजाएको मन पराउनु भएछ अनि फेरि सुन्ने इच्छा गर्नुभएछ। त्यसपछि मैले पनि उहाँहरुको इच्छा पूरा गरें। खै किन हो त्यहाँ त पैसाको वर्षा नै भयो। त्यसपछि उहाँहरुले मलाइ धन्यबाद दिनुभयो, कसैले बोक्नु पनि भयो अनि मेरो नामै रखिदिनुभयो, “मादले भाई”।

त्यसबाट मैले के सिकें भने, वास्तवमा प्रतिभा सानो, ठूलो हरेकमा हुन्छ। त्यस्ता प्रतिभाहरुलाइ प्रस्फुटन गर्न प्रेरणाको खाँचो हुन्छ। यदि यस्ता कुराहरुलाइ ध्यान दिने हो भने हाम्रो कला, संस्कृतिको पनि जगेर्ना हुनुको साथै त्यस्ता प्रतिभाको सहि मुल्यांकन गर्न सकेमा तिनै प्रतिभाबाट आफ्नो गाउँ, समाज एवं सिंगो देशलाइ विश्वसामु चिनाउन पनि सकिन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !