४ बैशाख २०८१, मंगलबार

रेकी उपचार पद्धति र यसका फाइदाहरु


रेकी उपचार पद्दति Close-up Of Therapist’s Hand Performing Reiki Treatment On Young Woman In Spa

पृष्ठभूमि

मानिस एउटा सामाजिक प्राणी हो । यो समाजमा विभिन्न जातजाती र विचारका मानिसहरु रहेका छन् । यसो भनिरहँदा यस प्रकृतिको काखमा स्थिर यो मानवको जीवन आजको वर्तमान परिवेशमा अत्यन्त कठिन समस्याहरुसंग जम्काभेट गरिरहनु पर्ने हुन्छ । आजका मानिसहरुको जीवन अत्यन्त व्यस्त रहेको हुन्छ । यस कारणले मानिसको जीवनमा रहेका जीवनी शक्ति कमजोर हुँदै जाने गर्छन् फलस्वरुप मानिसहरु विस्तारै शारीरिक र मानसिक रोगी भएर बाँच्नुपर्ने हुन्छ । यस पृथ्वीमा रहेका हरेक प्राणीहरुको लागि प्रकृतिले थुप्रै बाँच्ने आधारहरुको पनि सिर्जना गरिदिएका सन्दर्भहरुलाई हामीले सम्झिरहनु पर्दछ । रेकीका पुनः आविष्कार डा. मिकाओ गुरुले पनि यहि बास्तविकतालाई मनन् गर्नु भई रेकी उपचार पद्धतिबाट लाभ प्राप्त गर्न सदा स्वस्थ र सुखी रहन रेकी उपचार पद्धतिसंग आध्यात्मिक ५ सिद्धान्तहरु जोडिदिनु भयो जुन स्वास्थसंग शतप्रतिशत सम्बन्धित छ ।

ती सिद्धान्तहरु हुन्  :

१. केवल आजको दिन म क्रोध गर्ने छैन ।

२. केवल आजको दिन म चिन्तित हुनै छैन ।

३. केवल आजको दिन म ईमान्दारीसाथ काम गर्नेछु ।

४. केवल आजको दिन म सबैप्रति आभारी हुनेछु ।

५. केवल आजको दिन म हर प्राणीलाई प्रेम गर्नेछु र आदर गर्नेछु ।

उपरोक्त सिद्धान्तहरुलाई यदि जीवनमा अभ्यासमा ल्याउन सक्यौँ भने जीवन सन्तुलित रहन्छ  जसको कारणले रोग लाग्ने संभावना नै रहँदैन ।

परिचय

रेकी यो जापानी शब्द हो रे भनेको ब्रम्हाण्ड र की को अर्थ हो शक्ति अथवा रेकीको पुरा अर्थ हो – ब्रम्हाण्डीय शक्ति । हामीलाई ब्रम्हाण्डीय इतिहासको बारेमा धेरै थोरै ज्ञान भएकै कुरा हो । ब्रम्हाण्डमा रहेका ग्रह, नक्षत्र, तारा, सुर्य, चन्द्रमा आदि इत्यादिहरुद्वारा हाम्रो जीवन शैलीलाई चलायमान गर्छ । यसका साथ-साथै ब्रम्हाण्डिय शक्तिद्वारा हामीले आफ्नो र सम्पूर्ण प्राणीहरुको उपचार पनि गर्न सकिने उपचार पद्दतिलाई रेकी उपचार पद्दति भनिन्छ । यो रेकी उपचार विधि बुद्द दर्शन धर्मशास्त्र त्रिपिटकमा लेखिए अनुसार हातले विरामी छोएर उपचार सकिन्छ अथवा बुद्द भगवानले विरामी रोगीहरुलाई आफ्नो हातले छोएर उपचार गर्नुहुन्थ्यो र रोगी विरामीहरु पनि रोगवाट मुक्त हुन्थे । यसैलाई अलिकति अध्ययन गर्ने हो भने हाम्रो हिन्दु धर्म अनुसार राम, कृष्ण, शिव, विष्णु भगवानहरुले पनि कैयौं रोगी विरामीहरुलाई मात्र होइन पापीहरुलाई समेत रोग र पापवाट मुक्त गरेका कथाहरु हामीले बेला बेलामा सुन्ने गरिरहेका छौं ।

इतिहास

रेकीको सुरुवात जापानबाट भएको थियो । सन् १९२२ मा डा. मिकाओ युसुईले रेकीको सिद्धान्त ल्याएका थिए । जापानका गुरु डा. मिकाओ युसुईले प्रतिपादन गरेको रेकी उपचारले मानिसको शारीरिक, मानसिक, भावनात्मक रोगहरूलाई जरैबाट निर्मूल बनाउन सक्छ ।

सन् १९२२ मा मिकाओ युसुईले  माउन्ट कुरामा २१ दिनसम्म साधना तथा ध्यान गरे साथै उपवास र प्रार्थना गरे । जब २१ औं दिनको सूर्य अस्तायो तब उनको अन्तरमा जाज्वल्यमान सूर्य उदायो र रेकीको सुरुवात गरे ।

जब उनी पहाडबाट झरिरहेका थिए तब उनी लडेर उनको खुट्टामा चोट लाग्यो । जब उनले चोट लागेको ठाउँमा हात राखे तब त्यो चोट सञ्चो भयो । उनी अचम्म परे र त्यही प्रयोग उनले तल शहरमा पुगेर एउटी बच्चीलाई गरे । बच्चीको घाउपनि तुरुन्तै सञ्चो भयो तब उनलाई विश्वास लाग्यो ।

मानिन्छ कि रेकीको सुरुवात भगवान् गौतम वुद्धले गर्नुभएको थियो जो बिचमा लुप्त हुन पुग्यो । सन् १९२२ को अप्रिल महिनामा उसूई टोकियो गए र उनले त्यहाँ उसुइ रेकी रियोहो गक्कई (उसुई रेकी उपचार समाज) स्थापना गरे ।

रेकी उपचार विधि

यो उपचार विधि प्रकृतिको सृष्टि संगसगै आएको हो भन्दा फरक नपर्ला किनभने हावा, पानी, आगो, माटो यी सबै प्रकृतिका बरदान हुन् । ती सबै प्राणीहरुका बाँच्ने आधारहरु हुन् । यसरी प्रकृतिको शक्ति र ब्रम्हाण्डीय शक्तिद्वारा उपचार गर्ने पद्दतिको शुरुवात भएको थियो । विस्तारै-विस्तारै मानिसहरुको जीवन कृत्रिम रुपमा व्यतित हुन थाले । प्रकृतिको विपरित मानिसहरुको जीवन शैलीमा जान थालिसकेको फलस्वरुप मानिसहरुको शरीरमा भएको रोग निरोधक शक्ति कमजोर हुँदै जान्छ । अब रेकी अथवा ब्रम्हाण्डीय उर्जा शक्तिद्वारा रोगी उपचारतिर ध्यान दिनुपर्ला जस्तै लाग्यो । ब्रम्हाण्डमा फैलिएका ७ किसिमका रंगहरु हुन्छन जसलाई हामीले इन्द्रेणी भन्ने गर्छौ । यी ७ किसिमका रंगहरुलाई हामीले प्राकृतिक शक्ति वा सुर्यका किरणवाट पाउने गर्छौं । रेकी प्रशिक्षण अथवा रेकी गुरुद्वारा शिक्षा दिक्षा ग्रहण गरी २१ दिनसम्म ध्यान र अभ्यास गरी सकेपछि हामीले रेकी उपचार गर्न सक्षम हुन्छौं।

रेकीद्वारा उपचार गर्न सकिने रोगहरु

रेकीले रोग लाग्नुभन्दा अगाडि मूल स्रोतलाई नै उपचार गर्दै जान्छ । त्यसपछि बिस्तारै रोग जरैदेखि निको हुन्छ । रेकीले हाम्रो मन, भावना हु“दै शरीरको ऊर्जाको बहावलाई सन्तुलित बनाई स्वस्थ बनाउछ । तर, रेकीले औषधि खाएजस्तै तुरुन्तै असर देखाउँदैन । रोगको प्रकृति, गहिराइ अनुसार समय लाग्छ । रोगीमा धैर्यको खा“चो हुनु पनि आवश्यक छ ।

१. डिप्रेसन तथा अनिद्रा समस्या

२. डर, आत्मविश्वासको कमी

३. जुनसुकै शारीरिक दुखाइ

४. जुनसुकै शारीरिक रोगहरू

५. भावनात्मक, मनोशारीरिक रोगहरू

६. माइग्रेन

७. रक्तचाप

८. पाचन प्रणाली

९. मिर्गौला सम्बन्धी रोग

रेकीका फाइदाहरु

रेकी उपचारबाट फाइदाहरु असिमित छन् यदि रेकी दिने र लिने दुबैको भाव शुद्ध र प्रेममय छ भने अविश्वसनीय चमत्कारी नतिजा पनि प्राप्त गर्न सकिन्छ । यसबाहेक रेकीबाट मुख्यत निम्न फाइदाहरु हुन्छन जुन यसप्रकार छन् –

१. शारीरिक, मानसिक र भावनात्मक तहमा काम गर्दछ ।

२. शरीरमा जीवनी शक्ति उर्जाहरु अवरुद्ध भएका हुन्छन् र खलबलिएका हुन्छन् । तिनलाई खोल्ने र सन्तुलित गर्ने काम गर्दछ ।

३. मनमा शान्ति पैदा गर्दछ ।

४. शरीरभित्रका नकारात्मक उर्जालाई हटाउँछ र बाहिरबाट आउने नकारात्मक उर्जालाई रोकी सुरक्षित बनाउँछ ।

५. लागु पदार्थ र अरु कुलतहरुबाट बचाउँदछ ।

६. एकाग्रता र संझना शक्ति बढाउँछ ।

७.. नैराश्यताबाट मुक्त गराई उत्साहित बनाउँछ ।

८. अन्तरबोधको जागरण गर्दछ ।

९. घरपरिवार, छिमेकी, समाजमा प्रेम करुणाको भाव आपसी मेलमिलापको बातावरण सिर्जना गर्दछ ।

१०. अर्धचेतन मनभित्र गाढिएर बसेको भावनात्मक चोटहरुलाई हटाएर मन शान्ति पैदा गर्दछ ।

११. जीवनमा अस्पष्टता र भ्रमलाई हटाई सही बाटोमा मार्गदर्शन गर्दछ ।

१२. हच्किने बानीलाई हटाई विश्वस्त बनाउँछ ।

१३. शरीरभित्रका रोगप्रतिरोधी शक्ति (Immune System Power) लाई सक्रिय गराउँदछ ।

१४.  कायकल्प गराउँदछ ।

१५. अनिद्रा समस्या हटाउँछ ।

*कविता अग्रवाल रेकी प्रशिक्षक हुनुहुन्छ ।

रेकीवाट आफ्नो उपचार गरेर तपाई स्वास्थ्य हुन चाहनुहुन्छ भने यो मोवाइल नम्वर (९८०३९६९०९०) मा सम्पर्क गर्नुहोला ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !