१२ बैशाख २०८१, बुधबार

सोमरस र दारुमा के फरक छ र सोल्टी ?


bharat bhandari

“भाइ!निकै मोटाएछौ, सोमरस दह्रै पिउँछौकी केहो?”धेरै समयपछी भेट भएको एउटा गाउँले दाइले फ्याट्टै सोधे।
“सोमरस? कहाँबाट पाउनु र? पाएत पिउनुहुन्थ्योनी दाइ!”,
“बरु कहाँ पाइन्छ र?”
“ह्या भाइ पनि, जाहाँपनि पाइन्छ नी! नबुझे जस्तो नगरन,रक्सी के रक्सी!!”
“सोमरस र दारुमा के फरक छ र सोल्टी?”
त्यो दाइ सङ्गको हिजोको वार्तालापले केही लेख्न बाध्य बनायो।

सोमरसकाे बारेमा प्रायः पढ्न र सुन्न पाइन्छ। आखिर याे सोमरस के थियाे त? के याे रक्सी जस्ताे कुनै पदार्थ थियाे वा कि याे व्यक्तिलार्इ युवा बनार्इ राख्ने कुनै रस थियाे?

वेद मा चर्चा गरे अनुसार सोमरस एक यस्तो रस हो जस्को सेबन ले मानिस सँधै जवान रहन्छ। सोमरस के के रसायनको प्रयोग ले तयार हुन्छ र त्यो के हो त भन्ने कुरा स्पष्ट त छैन तर सोमरस नै दारु हो भन्ने चैँ गलत हो ।

ऋग्वेदमा रक्सीकाे घोर निन्दा गर्दै भनिएकाे छ –

।।हृत्सु पीतासो युध्यन्ते दुर्मदासो न सुरायाम्।।

अर्थात : “सुरापान गर्ने वा नशालु पदार्थहरू सेवन गर्नेहरू प्रायः युद्ध, मार-पिट वा उत्पात मच्चाउँछन्।”

वेद मा यज्ञ को बेलामा देवता हरुलाइ सोमरस चडाएर सोमरस पान को लागी आवहान गरिएको छ । सुरापान वा दारुको वारेमा गलत लेख्ने वेदले दारु पिउन देवता हरुलाइ कसरी आव्हान गर्ला र? वेदमा रक्सीलार्इ खराबीकाे जड भनिएकाे छ भने तिनीहरू देवताहरूलार्इ कसरी रक्सी चढाउन सक्छन्?

सुरापान र सोमरसमा फरक थियाे। त्यसैले यो के बुझ्नु जरुरी छ भने उ सोमरस र दारुमा फरक छ। उ बेलामा देवता र हृषी मुनिहरुले सोमरस पिउँथेरे हामीचाहिँ किन नहुने भन्दै बाहुनहरुले पनि दारु सुरु गरे रे भनेको पनि सुनियो।

वेदले के उल्लेख गर्छ भने सुरापान केवल आक्रोस र आँट भर्नका लागी प्रयोग गरिन्छ। देवताहरु सोमरस पान गर्दथे र उनिहरु शान्त थिए, कल्याणकारी थिए, दानवहरु सुरापान गर्दथे र रिस आक्रोसले बेला बेलामा देवताहरुलाइ दुख दिन्थे।

आजको युगमा हेर्ने होभने पनि फलफुल तथा जुसहरु पिउने र सकारात्मक सोच लिनेहरु सँधै जवान देखिन्छन् तर सँधै दारु पिउने, रिस र आक्रोसले भरिने, सँधै झगडा गर्ने हरु चाँडै बुढो देखिन्छन् र चाँडै मर्छन्।

कुरा लेखिएको सही हो तर केवल बुझाइ गलत भयो। दारु नै सोमरस हो भनेर हुइयाँ मच्चाउने केही पाखण्ड पण्डितहरु ले गर्दा र सही अर्थ बुझ्न नसक्दा मानिसहरु दिनानु दिन रक्सीको सिकार बनीरहेका छन्। अझ कोही कोही ले त सबै औसधीमा रक्सी मिसाएको हुन्छ भने सिधै रक्सी खए भैहाल्यो नि भन्ने गरेको पनि सुनिन्छ। हो,औसधीमा रोग अनुसार ब्याक्टेरिया मार्नको लागी केही अल्कोहलको केमिकल प्रोपोर्सन मिलाएर नयाँ कम्पाउण्ड तयार गरिन्छ जुन रोगको निधानमा प्रयोग हुन्छ। थोरै मात्रामा केमिकल कम्बिनेसन हुँदा यसमा अल्कोहल को प्रभाब भन्दा पनि नयाँ कम्पाउण्डको प्रभाव बढी रहन्छ।सबै अल्कोहल रक्सी हुँदैनन् सबैमा चेतना भया ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !