१२ बैशाख २०८१, बुधबार

केहो त सफलताको रहस्य ? कर्म अनुसारको फल कसरी पाउने ?


bharat bhandari

“तपाइँले श्रीमद्भगबत्गीतामा जीवन र जगत छ भनेर लेख्नुभाथ्यो, कहाँ छ त्यस्तो? मैलेत भेटीँन, कृपया प्रस्ट पारिदिनु हुन्छकी?” हिजो एकजना मित्रले मलाइ इनबक्स गर्नु भएछ। असाध्यै खुसी लाग्यो। बी.एस्सी तेस्रो बर्ष पढ्दै गरेको बिध्यार्थीको यो जिज्ञासाले थप प्रेरणा दियो लेख्नका लागी।

कुनैपनि धार्मीक ग्रन्थहरु झट्ट हेर्दा अलिअलि हावादारी लाग्छ। बकवास बढी र बिज्ञान कम लाग्छ। अझ बिज्ञान पढ्ने विद्यार्थीहरुत यस्तो कुरा विश्वासै गर्दैनन् । आधुनिक जमानाका मान्छेहरुले कुनैपनि कुरा झट्ट विश्वास गरीपनि हाल्नुहुन्न। पढेर, बुझेर, त्यसको ब्याबहारिक्ता केलाएर समय सापेक्ष तुलना गरेर हेर्नुपर्छ । हरेक कुरालाइ तपाइँ हामीले अध्ययन गरीसकेपछी परिवेश र परिश्थिती अनुसार अर्थ खोज्नु पर्छ। अनि मात्र आलोचना वा समिक्षा गर्नु पर्छ।
श्रीमद्भगबत्गीता सिधा पढ्दा कृष्ण र अर्जुनको बिचको संवाद हो। सबै चिज “म” हुँ, “म” मा ध्यान केन्दृत गर र “म” मा लीन होउ भनेको सुन्दा यो वाइयात लाग्नु स्वभाविक हो ।
म आजको जेनेरेसनलाइ अरु कुराहरु भन्दा पनि कर्म योगका कुरामा बढी केन्दृत गर्न चाहन्छु । श्रीमद्भगबत्गीताको दोश्रो अध्यायको ४७ र ४८ श्लोकको म यहाँ ब्याख्या गर्न जाँदैछु ।


“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन,
मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोस्त्वकर्मणि । । ४७ । ।”

“तिमी कर्म गर सिर्फ कर्म गर। त्यो तिम्रो अधिकार हो। तर हरेक कर्मको फलको आशा नगर। किनकी कर्म गर्नु तिम्रो दयित्व एवं अधिकार हो तर कर्मको फल पाउनु नपाउनु तिम्रो अधिनमा छैन। तिमी आफुलाइ कर्मफलको कारण पनि नसोच र कर्मबाट कहिल्यै बिमुख नहोउ।”

भनाइको मतलब पहिला तिमिले आफ्नो दायित्वको पहिचान गर, सत्कर्मको पहिचान गर। कर्म बिनाको मनुश्य हुनै सक्तैन।
आफ्नो दायित्व, कर्तब्य र अधिकार सहितको पालना गरी पुर्ण रुपमा लगाव दिएर कर्म गर। कर्ममा हराउ, कर्ममै रमाउ, त्यस्को फल के आउला भनेर चिन्तित नबन। कुनै कर्म यस्ता हुन्छन् जुन हेर्दा खेरी गलत र आपराधिक देखिन्छ तर सबैको भलाइको लागी हुन्छ भने त्यो सत्कर्म हो। त्यसैले परिस्थितीलाइ मध्यनजर गरेर कर्म गर्नु पर्छ।

“योगस्थ: कुरु कर्माणि सङ्ग त्यक्त्वा धनञ्जय ।
सिद्द्यसिद्द्यो: स्मो भुत्वा समत्वं योग उच्यते । ।”

“कृष्ण भन्नुहुन्छ, हे अर्जुन ! सफलता वा असफलताका सम्पुर्ण आसक्तिलाई त्यागेर समभावमा रहेर आफ्नो कर्तब्य गर। त्यो समभाव भनेको योग हो।”
भनाइको मतलव के हो भने तिमी कुनै पनि काम या कर्म गर्छौ भने पुर्ण रुपमा आफ्ना इन्दृयहरुलाइ बसमा राखेर कन्सन्ट्रेसनमा रहेर काम गर। कर्ममा आफुलाइ यसरी डुबाउकी तिमी कर्मबाट पुर्ण सन्तुस्ट होउ न कि फलबाट। तिमी हार या जीतको मो बाट पर रहेर काम गर।

हरेक मानिसहरु कर्म गर्नुभन्दा अघाडिनै परिणाम देखी डराउँछन्। सिधा अर्थमा भगवान भनेको हाम्रो अन्तरआत्मा हो, जसले हामिलाइ निर्देशित गरिरहेको छ । अन्तर आत्माका कुरा सुन्नुनै भगबानमा लिन हुनु भनेको हो। प्राय कसैले पनि पुरै बिचार गरेर अन्तरदृष्टीले काम गर्दैनन् र नतिजा हेरेर पछुताउँछन् ।

त्यसोभए अन्तरमन वा परमात्मासम्म कसरी पुग्ने भन्ने कुरालाइ यहाँ योगको माध्यम देखाइएको छ। योग भनेकोनै आफ्नो इन्दृयाहरुलाइ नियन्त्रण गरी मनलाइ कन्सन्ट्रेट गर्नु हो।

आजकल मानिसहरु जुन्सुकै काम जित्न या सफल हुनका लागी गर्छन् र असफलताको डरले गर्दा साँच्चै असफल हुन्छन्। जस्तै तिम्रो भोली परिक्षा छ, तिमी भोलिको परिक्षामा डराएर मैले नपढेको प्रश्नपो आउँछकी भनेर रातभर आत्तिएर पढ्यौ र परिक्षा हलमा फेल हुन्छुकी भनेर गयौ भने सम्झ तिमी फेल भयौ। तिम्रो परिक्षा राम्रो हुँदैन। खेलमा पनि यस्तैहो।

तेसैले सबैले कर्म कर्नु पर्छ र कर्मबाट बिचलित हुनु हुँदैन। हार या असफलता को डरले कर्म नगर्दा या डराएर कर्म गर्दा या जित्ने लालसाले कर्म गर्दा कहिले पनि असल र राम्रो नतिजा आउदैन।

र अन्तमा……

श्रीकृष्ण एउटा काल्पनिक पात्र मात्र हुन्। त्यो हाम्रो अन्तर मन हो। हरेकको मनमा श्रीकृष्ण छन्। त्यो आत्मा भित्र को आत्मा हो जसलाइ हामी परमात्मा भन्दछौँ। त्यसैले महाभारतको कृष्ण र अर्जुनको संवाद हामी हरेक मानिसको मन र अन्तर मन बिच को संवाद हो। जस्ले आफ्नो कृष्णलाइ पाउँछ र तद अनुसार काम गर्छ उ नै सफल हुन्छ ।
यही त जिवन हो। यहिँत छ जिवन जिउने कला। यहिँ छ वास्तबिक जिवनको रहस्य।

भरत भण्डारी, त्रीभुवन विश्वविध्यालय, किर्तीपुर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !