७ बैशाख २०८१, शुक्रबार

“सिस्टर! अनि उहाँको अवस्ठा कस्तो छ अहिले?”


“सिस्टर! अनि उहाँको अवस्ठा कस्तो छ अहिले?”
नर्स केही बोलिनन् ,
हेलो! सिस्टर ? अहाँलाइ कस्तो छ भनेर सोधेको,
“उहाँलाइ नै सोधेभई को नि” झोक्किइन् नर्स।

“हैन,किन झर्केको हो र? बिरामी लाइ थाहा हुने भए हजुरलाइ किन सोध्थेँ र?”
“बिरामी लाइ कस्तो छ भनेर मलाइ सोध्ने त?”
“कस्लाइ सोध्ने त हजुर?”,
“बिरामी लाइ सोध्ने नि”।
“उ, डाक्टर आउँदैछन् उन्लाइनै सोध्नुस् ” ।

“उन्लाइ यो इन्जेक्सन दिनु” सबै रिपोर्ट हेरेपछी डाक्टरले नर्सलाइ अर्हाए।
“डाक्टर साब्! उहाँलाइ कस्तो अहिले?”
डाक्टरले सुनेको नसुन्यै गरे ।
“डक्टर साब! उहाँलाइ कस्तो छ अहिले?”
खाउँला जस्तो गरी हेरे डक्टरले ।

“तपाइ बिरामी को को?”
“म छिमेकि,उहाँलाइ भेट्न आएको”।
“अनी भेट्नुभो हैन”?
“भेटेँ”,
“अनी भेट्न आको मान्छे भेटेपछी भैगो त? बिरामिलाइ सोध्नुहोस कस्तो छ”।

“हैन, मैले बिरामिको अवस्ठा को बारेमा सोधेको”
“अवस्ठा देखिहाल्नु भो”,
“हैन, मैले बिरामिको सुधार छ कि छैन भनेर सोधेको?”
डाक्टर नबोली लागे अर्को बेड तिर।
नर्स ले बिरामी को मान्छेलाइ औसधी किन्न लगाए ।

एकछिन पछि…..

“सिस्टर, यो इन्जेक्सन के का लागी हो?”
केही बोलिनन उनि
“हैन उहाँलाइ भएको चै के हो?”

“अझ सम्म के भएको थाहा रैनछ, अनि किन कस्तो छ कस्तो छ गरि रा त?
कस्ता कस्ता पागल मान्छे आउँछन्, दिमाग खाइसक्यो मेरो” ——
भुत भुताउँदै लागिन नर्स मैया उता तिर…
ओहो!! झसङ्ग भएँ म। हस्पिटलमा डाक्टर र नर्स लाइ मैले प्रश्न गर्दा त म पागल भए भने बिरामिले प्रश्न गरे भने?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !