, के हो त जिवनको वास्तविक सत्य ?

के हो त जिवनको वास्तविक सत्य ?

“जन्म, मृत्यु, दिन, रात, माया, मोह, आफ्ना, अर्का यी सबै झुट हुन्, सच्चा त केवल आत्मा हो जो अमर छ, जब सम्म सृष्टी रहन्छ, तब सम्म आत्मा मात्र सच्चा हो अरु सबै झुट्” बडो रबाफका साथ भन्दै हुनुहुन्थ्यो उहाँ ।

“यस्तो झुट संसारमा हामी झुटा पात्र हौँ, हामी पात्र भित्रका आत्मा हाम्रो बशमा छैन, यी सबैका संचालक उनै एक छन् परमात्मा” बढो चमक थियो उहाँको अनुहारमा । मृतकका सुपुत्र एबँ किरियापुत्रीहरु टोलाएर उहाँलाइ हेर्दै थिए । खै! उनिहरुको मन् बुझ्यो कि बुझेन थाहा भएन तर गुरुले साँच्चै यो संसार मिथ्यानै हो जस्तो गराइदिनु भएको थियो । गुरुको प्रबचन पश्चात् एक छिन सन्नाटा छायो त्यहाँ । मैले सोचेँ  “गुरु महान हुनुहुन्छ, उहाँलाई त जिवन र जगतको बारेमा सबै थाहा छ। सबै बेद र पुराणहरु सबै पढ्नुभाछ । येस्तो ज्ञान प्रप्त गर्ने ब्यक्ती कतीलाइ त कैले पीडा हुन्न होला जिवनमा” । गुरुसंग केहिबेर जिवन र जगतका बारेमा भलाकुसारी गरेपछी गुरुप्रती प्रेरित भएँ म । अनि बिज्ञान संगै अदृश्य ज्ञानको कल्पनामा हराउन थालेँ ।

करिब दुइ बर्ष पछी अस्ती मात्र साँझपख बाटोमा हिँडिरहँदा अकस्मात एउटा आबाज सुनेँ “बाबु!”, मलाइ नै बोलाएको जस्तो लागेर पछाडी फर्केर हेरेँ, “चिनेनौ ?” उनको मुखको आकृती देखेपछीपो थाहा भयो उहाँ त मैले दुइ बर्ष अघी भेटेको गुरु हुनुहुँदोरहेछ ।

गुरुलाइ पुरै फरक देखेर छक्क परेँ म, पातलो शरिर, उडेको चेहरा, निराश अनुहार मानौ जिन्दगी देखी हारेको बिरक्त मान्छे ।

“गुरु! के भयो ? ? सन्चो भएन ? ठुलै बिरामी पर्नु भयो जस्तो छ” । झट्ट सोधेँ मैले ।

कतै बसेर कुरा गर्न चाहनु भयो उहाँले । चिया पिउन इन्कार गर्दै उहाले केही बोल्न खोज्नु भयो तर सक्नु भएन । बोली त्यसै अड्किरहेको थियो ।”के भयो गुरु भन्नुहोस् न्!” बढो साहस गरेर उहाँले कुरा सुरु गर्नु भयो ।

दुइ बर्ष अघाढिको कुरा संझदै उहाले भन्नु भयो,”आँखाले देखेको चिज सबै साँचो रहेछ” ।

छक्क परेँ म, दुइ बर्ष अघी हाम्रो यही कुरामा लामो बहस पछी म कन्भिन्स भएको थिएँ उहाँको कुरामा । उहाँ भन्नु हुन्थ्यो ” यि सबै आँखाले देखेका चिज झुट हुन् , सत्य त अदृश्य छ, त्यो हो परमात्मा! हामिले त्यसैको खोजी गर्नु पर्छ”,

“किन र गुरु ? के भयो त्यस्तो ? हजुर यसो भन्दै हुनुहुन्छ ?

” खुईईईय! गरेर गुरुले भन्नु भयो, ” मेरो त सबै सकियो बाबु! तिमिले थाहापाइ हाल्यौहोला मेरो छोराको बारेमा! टक्क रोकिनुभो उहाँ,

“के भयो र? मलाइ त केही थाहा छैन”

फेरी खुईईय गरेर उहाँले भन्नु भयो ” पोहर दशैँमा घर फर्कँदा गाढी एक्सिडेन्टमा बित्यो नि !” तुरुक्क आँशु चुहाएर उहाँले भन्नु भो । अल्ली पीडा भयो मलाइ । “खै! दैबले ठगे बाबु! मलाइ ! बुढेसकालको सहारा एउटै छोरो पनि नभएपछी म त आधी मरेको छु” ।

खै! कसरी बुझाउँ म उहाँलाइ, कुनै दिन उहाँकै कुराबाट प्रेरणा पाएको म आज नाजबाफ भएँ । बरु उहाँ ले थप्नु भयो,

“हिजो मेरो छोरा थियो त्यो सत्य हो, म थिएँ, त्यो पनि सत्य हो, हामी सबै थियौँ, सबै सत्य थियो, आज मेरो छोरा म संग छैन, यो झन् सत्य हो, धुरु धुरु रुन थाल्नु भो उहाँ । उहाँ लाइ डिप्रेसन भएको अनुमान लगाएँ मैले ।

आज मैले उठाउन खोजेको प्रसंग के हो भने, मान्छेले पुर्ण ज्ञान त त्यती खेर पाउँछ, जतिखेर उ अध्ययन र अनुभबबाट खारिएर उसले पहिला आफैँलाइ चिन्छ । आफ्नो मनलाइ चिन्नु र आफुभित्रको परमात्मालाइ चिन्नु नै ज्ञान हो, शास्त्र पढेर मात्र ज्ञान प्राप्त हुँदैन। अरुलाइ सहजै बुझाउन सक्नेले आफैँलाइ पर्दा किन बिलाप गर्दै छन् ? के अरुलाइ पर्दा संसार झुटो अनि आफुलाइ पर्दा त्यही साँचो ?

परम ज्ञानी त त्यो हो जसले आफु र अरुमा भिन्नता देख्दैन ।

मैले गुरुलाइ अज्ञानी भन्न खोजेको हैन, यो मानब स्वभावको बारेमा भन्न खोजेको । बोल्नु र ब्यहोर्नु भनौँ बोल्नु र ब्याबहारमा उतार्नु फरक कुराहो । जिवन त्यसैको खुसी हुन्छ जसले बोलाइ र ब्याबहार फरक गर्दैन ।

हो, सत्य त्यही हो, जो देखिन्छ, तर त्यो देखिएको सत्य भित्रको बास्तबिक सत्य अल्ली फरक छ, जस्तै मान्छे मर्यो आफ्नै आँखा अगाडि, अब उ कहिल्यै फर्केर आउँदैन त्यो घरमा, त्यो सत्य हो, तर “जन्मे पछी अबश्य मृत्यु हुन्छ, यो त प्रकृतिको नियम हो” यो चाहिँ वास्तबिक सत्य हो । दुबै सत्य हुन । त्यसैले हरेक मानिस ले दुबै सत्य लाइ बुझ्नु जरुरी छ ।