८ बैशाख २०८१, शनिबार

बालश्रम विरुद्धको दिवस औपचारिक कार्यक्रमै सीमित


bakshram
ram
राम मगर

प्रत्येक वर्ष जुन १२ तारिकका दिन विश्वभरनै विभिन्न बालश्रम विरुद्धको दिवसको मनाइने गरिन्छ । यसवर्ष पनि बालश्रमको प्रयोग नगरौं, युवा रोजगारको प्रवर्द्धन गरौं भन्ने मूल नारा सहित यो दिवस मनाइदैछ । शारीरिक वा मानसिक रुपले परिपक्व व्यक्तिले गर्ने काम श्रम हो भने बालबालिका वा अपरिपक्व उमेरका व्यक्तिले गरेको कामनै बालश्रम हो । हाम्रो देशको परिवेशमा हेर्ने हो भने यस्ता श्रमहरु धेरै भएको पाइन्छ ।

प्रत्येक वर्ष बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ तर आजसम्म पनि बालश्रमको अन्त्य हुन सकेको छैन । विभिन्न संघ संस्थाहरुले बालबालिकाको हितमा काम गर्ने गरेको बताए पनि वास्तविक श्रमिकले कुनै सुबिधा न पाउन सकेका छन् न त उनीहरुको घर परिवारलाई उचित आर्थिक सहयोग नै हुन सकेको छ । बरु उल्टै बालश्रम बिरुद्धको दिवसको नाममा श्रम गरेर घर चलाईरहेका कतिपय बालबालिकासमेत काम छोड्न बाद्य भएका छन् । त्यसैले बालश्रम उल्मूलन गर्नको लागि श्रमिकलाई बन्देज लगाउने भन्दा पनि श्रमिकसँग आश्रित परिवारको व्यवस्थापन र आर्थिक सहयोग मिल्ने वातावरण बनाउन जरुरी छ ।

विभिन्न कारखाना देखि लिएर सार्वजनिक यातायातमा सह-चालक छन् । त्यतिमात्र नभई बोरा बोकेर प्लास्टिकका टुक्रा पछाडी कुदिरहेका छन् । होटलमा खाना पस्किंदै छन्, ग्राहकले खाएको जुठो कटकटिएको भाँडामा आफ्नो भविष्यको धमिलो छाँया खोज्दैछन् भने कोही सडकको पेटीहरुमा रात बिताइरहेका छन् । न खानको टुंगो छ न बस्नको नै, आखिर किन सरकारले वेवास्ता गर्दैछन् ।

विभिन्न एनजीओ आइएनजीओ सस्थाहरुले आजको दिन विशेषगरी बालश्रम विरुद्ध दिवसको अबसरमा बालबालिकाको हितको लागि र बालश्रम अन्त्य गर्नुपर्छ भनि कार्यक्रमहरु गरिरहेका छन् । आखिर किन यी सस्थाहरुले पनि अरु समयमा यस्ता सुचनाक मुलक कार्यक्रमहरु गर्दैनन् । लाखौं बालबालिकाहरु माथि अधिकार हनन भइरहेको छ । किन सरकारले कुनै ध्यानाकर्षण गर्दैन ?

कतिपय बालबालिकहरु त्यहि सडकको पेटीहरुमा खसेका फोहोरहरु टिपेर खाइरहेका छन् । कोहि भने मृत्युसँग लड्दै सडकको पेटीमा सुतिरहेका छन् । तर उनीहरुलाई न कुनै व्यक्तिले हेरछन् ति बालबालिकाको समस्या, न कुनै सस्थाले नै । सरकारको त कुरै नगरुम । कुनै पनि देशमा बालश्रमको अवस्था कायम हुनु उक्त देश अल्पविकासित हुनुको प्रतिविम्ब पनि हो । देशको विकासमा बालबालिकाको पनि महत्वपूर्ण भूमिका हुन्छ र देश विकासका लागि पनि आवश्यक उर्जा हुन् । उनीहरुको पहुँच श्रममा भन्दा शिक्षामा बढाउन सक्नुपर्छ, तर पनि समाजमा यी सबै कुराको वेवास्ता गरिन्छ अनि बालश्रमको समस्या दिनानुदिन बढ्दै गइरहेको छ ।

राजनीतिक दलका नेताहरुलाई बालश्रम दिवसको दिन कुनै कार्यक्रममा बोलायो भने, यस्तो त्यस्तो गर्छु भन्दै भाषण गर्न मात्र जानेका छन् । कुनै कार्यक्रमको स्टेजमा मुखले गर्छु भनेर भाषण गर्ने मात्र ठुलो कुरा होइन । व्यवहारमा उतार्नु ठुलो कुरा हो । आखिर कहिले होलात बालश्रमको अन्त्य । विभिन्न सस्थाहरुलाई बालश्रम विरुद्धको कार्यक्रमहरु पनि बालश्रमकै दिनमा मात्र गर्दै आएको पाइन्छ । के बालश्रम दिवसनै चाहिन्छ ? यस्ता कार्यक्रमहरु अरु दिनहरुमा गर्दा हुँदैन ? हामी मानव भएर सबैलाई सम्मान व्यवहार गरौं र बालश्रम अन्त्य गर्ने तर्फा सबै एकजुट हौं । कुनै बालबालिका माथि बालश्रम हुनवाट रोकौं र सभ्य नागरिक बनौं  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !