१२ बैशाख २०८१, बुधबार

पर्वते(नेपाली) भाषाको इतिहास


nepali-bhasa

नेपाली भाषा आर्य-भारोपेली समुहको भाषा हो जुन नेपाल लगायत भारत, भुटान र बर्माको केहि भागमा बोलिन्छ । यो भाषा नेपाल र सिक्किम (भारत) को आधिकारीक (सरकारी काम काजको) भाषा हो । नेपालका करीव आधा जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् ।

नेपाली भाषा बिभिन्न समयमा बिभिन्न नामले चिनिन्थ्यो । खस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि । यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो । खस जातीहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो । यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकशित भएर पूर्वतर्फ फैलदै गएको हो । खस कुरा पश्चिम नेपालको अर्को भाषा खाम कुरा, जुन नेपालका मगर जातीहरूले बोल्ने गर्दछन्, संगै विकशित हुँदै अगाडी बढ्यो ।

नेपाली भाषा आर्य – भारोपेली समूहको भाषा हो, जुन नेपाल लगायत भारत, भुटान र बर्माको केहि भागमा बोलिन्छ । यो भाषाको विकास ‘संस्कृत’ र यसको अपभ्रंस रूप ‘पाली’ हुँदै भएको मानिन्छ ।  यसको उत्पत्ति थलोको रूपमा हालको कर्णाली अञ्चल स्थित जुम्ला जिल्लाको सिंजा उपत्यकालाई मानिएको छ र वर्तमान यो भाषा नेपाल र सिक्किम राज्य (भारत) को आधिकारीक (सरकारी काम काजको) नेपालको करीव आधा जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् ।  भाषा हो । पछिल्लो भाषिक अनुमानमा विश्वभरी छरिएका २ करोड १० लाख जातीहरूले नेपाली भाषालाई मातृभाषाको रूपमा अपनाएका छन् भने अरू करोड एक भन्दा बढी मानिसको यो दोस्रो भाषा हो ।

नेपाली भाषा बिभिन्न समयमा बिभिन्न नामले चिनिन्थ्यो ।  खस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि ।  यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो।  खस जातीहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो ।  खस कुरा पश्चिम नेपालको अर्को भाषा खाम कुरा, जुन नेपालका मगर जातीहरूले बोल्ने गर्दछन्, संगै विकसित हुँदै अगाडी बढ्यो ।

नेपाली भाषा सबै भाषाभाषीहरुका बिच सम्पर्क कायम गर्न सजिलो र लोकप्रिय भएको नाताले नैं राष्ट्रभाषा हुन गएको हो ।  यसको ऐतिहासिकतालाई ध्यान दिने हो भने, विशाल नेपालको एकीकरण हुनुभन्दा धेरै बर्ष अगाडिदेखि नेपाली भाषा पुर्वमा ब्रम्हपुत्र र पश्चिममा काश्मिरसम्म प्रचलित भइसकेको थियो ।

भाषाविद्भान भक्त पोखरेल लेख्छन् – नेपाल एकीकरण हुनुभन्दा पाँच-सातसय बर्ष अघिदेखि नै यस भूभागका राजा रजौटाहरुले परम्परा पत्राचार, सन्धिसंझौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपाली नै थियो ।  नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसी, चौबिसे, लिम्बुवान, खम्बुहाङ, आदिका अपुङ्गी टुक्रे राजाहरुसित व्यवहार गर्ने भाषा पनि नेपालीनै थियो ।  नेपाली भाषा सम्पुर्ण जातजातिको अन्तरजातीय भाषा हो ।  पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुका राजा लक्ष्मी नरसिंह मल्ल र उनका छोरा प्रताप मल्लको समयमा नेपाली भाषामा लेखिएका प्रसस्त अभिलेखहरु पाइन्छन् ।  त्यस्तै जगतप्रकाश मल्ल, भूपतेन्द्र मल्ल, भास्कर मल्ल र जयप्रकाश मल्लले पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाणहरु छन् ।

विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि नेपाली भाषा यहाँका साना राज्यहरुमा केही मात्रामा प्रचलित भइसकेकाले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणमा सजिलो पनि हुन गएको थियो ।  इतिहासविद् शंकरमान राजबंशीले लेख्नु भएको पुरातत्व संग्रह २०१८ मा मोरङका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहर विक्रम सम्वत् १७१९ पौषमा नेपालीभाषामा लेखिएका कागजपत्रहरु र मकवानपुरका राजा माणिक सेनले श्री गोर्साईलाई नेपाली भाषामा लेखिएका स्याहामोहर र विक्रम सम्वित् १७८४ कार्तिक भनेर लेखिएका र विजयपुरबाट बुद्धिकर्ण रायले विक्रम सम्वत् १८२४ मा नेपाली भाषामा लेखिएका कागजपत्रहरु भएको कुरा उल्लेखछ ।  नेपाली भाषा, हिन्दी, मैथिली, भोजपुरी, बैगाली, गडवाली भाषाहरु संस्कृतका सन्तान हुन् ।  नेपालमा लिच्छवि शासन कालभर संस्कृत भाषाले राष्ट्रभाषको स्थान ओगटेको थियो ।  मल्ल कालमा संस्कृत, नेपाली भाषा र नेवारी लगायत स्थानीय भाषाहरु चलनचल्तिमा आएका देखिन्छ ।  नेपालको एकीकरण हुनुभन्दा पहिला काठमाण्डौंबाट गोरखा, लम्जुङ्ग, कास्की वा जनकपुर जानेहरुले नेपाली भाषामैं बोल्नेगर्थे ।  त्यही हिसाबले नेपाली भाषा ब्रम्हपुत्रदेखि कास्मिरसम्म चलनचल्तीमा आइसकेको थियो ।

दार्जेलिङ्गका विद्वान पारसमणि प्रधानले भनेका थिए – नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन ।  यसलाई बाहुन, क्षेत्री लगायत गरुङ, मगर, र्राई, लिम्बु, नेवार, तामाङ आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मात्रृभाषा भनी अपनाएका छन् ।  यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ ।  पहिलेको खस बोली खसभाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा हुन पुगेको र अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेकोछ । यति मात्र होइन भारतका आसाम, मणिपुर, दार्जिलिङ्ग, उत्तराञ्चलको देहरादून, अलमोडा लगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीहरुको प्रियभाषाको रुपमा नेपाली भाषा पूजनीय भइरहेको र भारत सरकारले सरकारी भाषा सरह्रको मान्यता दिएर नेपाली भाषालाई अन्तराष्ट्रिय मान्यता गरेको छ ।

नेपाल विभिन्न जाति, भेषभूषा, भाषाभाषीहरुको थलो हो ।  यहाँ जम्माजम्मी १२४ भाषाहरु छन् । ती मध्ये ४०/५० भाषाहरु विकसित अवस्थामा छन् ।  मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, राजबेशी, लिम्बु, र्राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दू भाषा आदि भाषा आआफ्नो समुदायमा लोकप्रिय छ भाषाको । हिसाबले नेपाल धेरै धनी छ ।  अशोक श्रेष्ठ लेख्छन् – बाइसे, चौबिसे राज्यको अवधारणा लिएर आन्दोलित हुनु आफैमा वौद्धिक बहुलठ्ठीपन बाहेक केही होइन । हामी सबै जातजाति, प्रजातीहरुले नेपालको एकीकरण हुँदाको अवस्थादेखिनैं विशाल नेपालको राष्ट्रिय मूलधारमा विलय गरिसकेका छौं ।  यस बारेमा युवाकविश्रवण मुकारुङ लेख्छन् – भाषा नेपाली जातिको पहिचान भएको छ नेपाली ।  नेपाली भाषाको यो व्यक्तित्व तयार हुनमा राजतीतिक, सामाजिक धेरै कारण होलान् । मुलकारण यसलाई अंगिकार गर्ने नेपाली जनता नैं हुन् जस्ले नेपाली भाषालाई आफ्नो जीवन पद्धतिसँग जोडे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !