७ बैशाख २०८१, शुक्रबार

मायामा धोका पाएर तनावमा हुनुहुन्छ भने यस्ता टिप्स प्रयोग गर्नुहोस्


break

माया भनेको यस्तो शब्द हो । न यसलाई हेर्न सकिन्छ नत देख्न सकिन्छ न जोख्ननै सकिन्छ । मात्र महसुस गर्न सकिन्छ । कतिपय मानिसहरु माया देखि टाढा रहन खोज्छन् भने कतिपय मायाले नै संसार चलिरहेको छ भन्ने धारणाले गर्दा माया गर्न थाल्दछ र माया गरिरहेका हुन्छन् । माया धेरै खालका हुन्छन् । एउटा आफ्नो परिवारलाई गरेको माया, जनावरलाई गरेको माया र आफुले मनपराएको मानिसलाई गरेको माया पनि फरक-फरक हुन्छ । त्यसैले मायालाई आफुले जुन तरिकाले हेर्न सकिन्छ र गर्न सकिन्छ । त्यसमा भरपर्ने गर्छ । माया गरेर नै कसैको घरवार चलिरहेको छ भने कतिको घरवारविहीन भएका पनि छन् । जब मायामा धोका पाइन्छ, तब मान्छेको मन टुट्छ, जब मानिसको मन टुट्छ । उसको मन जित्न त्यति सजिलो हुदैन । त्यसैले गर्दा मानिसलाई तनाव हुन थाल्छ । भित्रभित्रै  जल र पीडा हुन्छ । संसार निरस लाग्न थाल्छ र, ज्यानमा उत्साह अन्त्य हुन्छ । त्यतिमात्र नभई आफ्नो ज्यान पनि फ्याल्न पछि पर्दैनन् । पछिल्लो समयमा हेर्ने हो, भने कतिले मायामा धोका पाएकोले गर्दा आत्महत्या गर्ने प्रचलन बढ्न थालेको छ । त्यसैले गर्दा केही यस्ता टिप्स छ । जुन ब्रेकअपपछिको पीडावाट बाहिर आउन सहयोग पुग्नेछ ।

टिप्सहरु

१. जब सम्बन्ध टुट्छ त्यसपछि कसैसँग कुरा गर्ने मन हुँदैन तर कुनै यस्तो व्यक्तिसँग गर्नुस्, जसले तपाईलाई बुझ्न सक्दछ ।
२. आफ्ना साथीहरुलाई फोन गर्नुस र घुम्न निस्कनुस् । नयाँ मानिसहरुसँग भेटघाट गर्ने र घुलमिल हुँद तपाईलाई राम्रो महशुस हुनेछ ।

३. घुमघाम गर्दा तपाईको सोच्ने दायरा पनि फराकिलो हुन्छ । यदि कतै न कतै लागिरहेको छ कि कुनै अरु ठाउँमा घुम्न जाउँ, त्यो मनको इच्छा पूरा गर्नु राम्रो ।

४. उसँग जोडिएका स्मृतिहरुलाई नष्ट गर्दा तपाईलाई निकै सहयोग पुग्नेछ । उसका साथ लिइएका तस्वीर इत्यादिनलाई नष्ट गरिदिनुस्। केही कुरालाई सुखद् यादका रुपमा तपाई राख्न पनि सक्नुहुनेछ ।

५. आफुलाई व्यस्त राख्नुस् । चाहनु हुन्छ भने त संगीत सुन्नुस् । एक्सराइज गर्नुस वा फेरि केही लेख्नुस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !