८ बैशाख २०८१, शनिबार

सत्ताको लागि गठबन्धन गर्दा जनतामा राजनीतिप्रति बढ्यो बितृष्णा


सत्ता गठबन्धन

राजनीति पृष्ठभूमि हेर्दा अचम्म लागेर आउछ । जनताले चाहेको सोच विपरित काम राजनीति दलले गर्दा अन्य दललाई भोट हाल्न नचाहनेलाई समेत भोट हाल्न बाध्य बनाइने गरेको देखिन्छ । यसले एउटा कुरा के देखाउछ भने एकल चुनाब लड्दा सिट नआउने होकी भन्ने डरले गर्दा चुनावलाई गठबन्धनमा लाने रणनीति बनाएको देखिन्छ ।

यसले पार्टीप्रति बिश्वास गर्नेहरुको मनोबल घट्दै जाने र पार्टी परित्याग गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै जाँदा यसले नराम्रो असर भविष्यमा पार्टीलाई नपर्ला भन्न सकिने छैन । यस्ता कार्य गर्दा पार्टीको सैद्धान्तिक मर्मलाई बुझेर अघि बढ्ने काम गर्दा पार्टीलाई फाइदा पुगेपनि सत्ताको लागि गठबन्धनले जनतामा राजनीतिप्रति बितृष्णा बढेको छ ।

हामीले हिजोलाई होइन आजलाई हेरेर काम गर्ने प्रणाली बसाल्नु पर्छ । हिजो मावोवादीको राम्रो सिट नआएको होइन, आज अरूसंग गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिसम्म पार्टी आइपुगेको छ । यसको पछाडि जनताको भावनालाई समेट्न नसक्नु प्रमुख देखिन्छ । यस्तो अवस्था हरेक पार्टीले गर्ने गठबन्धनको राजनीतिले भोलि पार्टीको छवि धमिलो हुन जाने खतरा बढ्ने जस्ता समस्या ननिम्तला भन्न सकिदैन ।

यो युग भनेको २१ औं शप्ताब्दिको युग हो । यहाँ हिजोका जनता होइन यहाँ बुद्धिजीवी अनुभवी जनता भइसके अब जनताको हितबिपरित काम हुँदै गर्दा पार्टी नै परित्याग गर्छन् तर गलत नेताबाट हुनसक्ने गलत काममा हात हाल्ने छैनन् भन्ने कुरा बुझ्न जरुरी छ । नेताहरुले स्वार्थको राजनीति गर्ने जनतामा राजनीतिप्रति निराशा छाएको छ । अबको समय भनेको सहि काम गर्नुपर्ने समय आएको छ । यस विषयमा केही व्यक्तिको राय बुझ्ने प्रयत्न गर्ने कर्ममा गठबन्धनको राजनीतिले कसैको पनि हित नहुने देखिन्छ भन्नु भएको थियो ।

यस्ता विषयमा हामीले भुत, वर्तमान र भविष्यलाई बुझेर अघि बढ्नु पर्ने समय आइसकेको छ । हिजो पनि गठबन्धन नभएको होइन, हामीले पाठ सिक्दै जानुपर्छ । गठबन्धनले कसलाई फाइदा होला भन्ने कुरा बुझेर अघि बढ्न सक्नुपर्छ । यस्ता झिना-मसिना कामले पार्टी प्रतिको वफादारी समाप्त हुँदै जान सक्ने वातावरण तयार हुदैछ । कतिपय व्यक्तिले बिरोध जनाउदै गर्दा यस विषयमा गहन अध्ययन गरेर काम गर्दा राम्रो हुन सक्ने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !