१३ बैशाख २०८१, बिहिबार

आखिर के हो भ्यालेन्टाइन डे ? यो किन मनाइन्छ ?


भ्यालेन्टाइन डे

प्रेमको महिना फेव्रुअरीमा आज फेव्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ । आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको फूल तथा विभिन्न उपहार आदान-प्रदान गरी दिवस मनाउने गरिन्छ ।

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेव्रुअरी १४ मा भालेन्टाइन डे मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमवाट मनाउन थालिएको हो ।

तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास सम्झनुपर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक सेवामा अवरोध र शान्ति सुरक्षामा असर परेको भन्दै जनतालाई प्रेम, यौन र विवाहमा रोक लगाएका थिए ।

शासकको आदेश उल्लंघन गरी पादरी भ्यालेन्टाइने धमाधम विवाह गराइदिएपछि उनलाई मृत्युदण्डको घोषणा भएको थियो । सन् २६९ फेब्रुअरी १४ का दिन दिइएको मृत्युदण्डअघि पादरी भ्यालेन्टाइनले अन्तिम इच्छाको रुपमा आफ्नी प्रेमीकालाई प्रेमपत्र लेखेका थिए । त्यही दिनको सम्झनामा र उनीहरुको अमर प्रेमको सम्झनामा उनैको नामबाट मनाउन थालिएको प्रणय दिवस विश्वभर चर्चित बनेको हो ।

भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सिजन जत्तिकै हो । यो एकदमै अनियंत्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् प्रेम गर्नका लागि कुनै सीमितता छैन् यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला ?

प्रेम दुई विपरित लिङ्घी वीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ ।

कुनै पनि पर्व मनाउनु नराम्रो होइन् त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउछौ । यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङगती भित्राएका छन् ।

आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौ युवापुस्ताको जीवन नारकीय बनाएको छ । उनीहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भैरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढदो छ माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ । गर्लफ्रन्ड र ब्याइ फैन्ड बनाउने त फेसन नै चलेको छ ।

भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।

पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ । सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ । कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ ।

युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ । जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन् ।

यो दिवस नेपालमा भने केहि वर्षयता मात्र चर्चित बनेको हो । युवा पुस्तामा बढी लोकप्रिय रहने यो दिवसका दिन नयाँ प्रेमी प्रेमिकालाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरिन्छ । पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !