१२ बैशाख २०८१, बुधबार

आयुर्वेदको इतिहास यस्तो रहेछ, जान्ने प्रयत्न धेरैले गरेनन्


धन्वन्तरी

आयुर्वेद चिकित्सा प्रणालीको उत्पत्ति र विकास ५ हजार बर्ष पहिलेदेखि भएको हो । वैदिककालभन्दा पहिले शुरू भएको आयुर्वेद विश्वकै सबैभन्दा पुरानो चिकित्सा प्रणाली हो ।

आयुर्वेद नेपालको मौलिक एवं प्राचीन चिकित्सा पद्धति हो । जसरी मानव शरिर पन्च तत्वबाट बनेको छ त्यसरि नै पाँच वटा आधारभूत तत्वहरू पृथ्वी, जल, अग्नि (तेज), वायु र आकाशले यो ब्रह्माण्ड बनेको छ ।

आयुर्वेद अनुसार हाम्रा शरीर तीन दोष (वात ,पित् र कफ), सात धातु (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र) र तीन मल( मूत्र, पुरीष र स्वेद) ले बनेको हुन्छ।

सहि तरिकाले आयुर्वेदलाई प्रयोग गर्न सकिन्छ भने रोगलाई जडै देखि फाल्न सक्ने शक्ति आयुर्वेद जडिबुटीमा छ । आज आयुर्वेदलाई मोर्डन युगमा प्रवेश गराउन लागेको देख्दा यसको भविष्य अन्धकारतर्फ धकेलदै गएको अनुमान गर्न सकिन्छ ।

प्राचीन चिकित्सा प्रणालीलाई समाप्त पार्दै आधुनिक चिकित्सा प्रणालीलाई अघि सारेको देख्दा आयुर्वेद पछि पर्दै जाने संकेत बुझ्न सकिन्छ । यदि आयुर्वेद माथि अनुसन्धान गर्न सकिन्छ भने यो धर्तीमा देखिएका जतिसुकै नयाँ पुराना रोग समुल नष्ट गर्ने खुबी आयुर्वेदमा छ ।

यो कुरा पश्चिमाहरू बुझ्दछन् त्यही कारण नेपालमा आयुर्वेदको विकास होस् भन्न चाहँदैनन् । आयुर्वेदमा पनि एलोपेथिक घुसाउन प्रयत्नशील देखिन्छन् । आयुर्वेदका डाक्टरहरु बनि बनाएका औषधि र छिटो छरितो रोग निको होस् भन्नेतर्फ लागेको देखिन्छ ।

हामीले आयुर्वेद र नागरिकको माग हेर्दा आयुर्वेद औषधालय न्युन देखिएको र आयुर्वेद औषधिको खपत कम भएको जनगुनासो बढि र आयुर्वेद डाक्टरको कलम एलोपेथिक तर्फ र एलोपेथिक डाक्टरको कलम आयुर्वेदतर्फ मोडिन थालेको पाएका छौं ।

नोबेल कोरोनाकै सन्धर्बमा बोल्नु पर्दा आजसम्म पनि नोबेल कोरोनाको औषधि बन्न नसकेको अवस्थामा धमाधम आयुर्वेदबाट उपचार भइरहेको र निको हुनेको संख्या पनि बढ्दै गएको देखिदा सरकारको ध्यान यता जान नसक्नु दुर्भाग्य देखिएको छ ।

नेपालमा आयुर्वेदमा राम्रो अनुसन्धान गर्न सकिन्छ भने एलोपेथिक औषधि उत्पादन मा समेत आवश्यक मेटिरिएल उत्पादन गर्न सक्ने सम्भावना देखिन्छ । एलोपेथिक औषधि निर्माणमा पनि जडिबुटी नै प्रयोग भएको भएको छ ।

नोबेल कोरोनाको उपचारमा महत्वपूर्ण भुमिका आयुर्वेदले खेल्ने देखिन्छ । आयुर्वेदको विकास यदि अघि बढ्छ भने एलोपेथिक त्यसै सेलाएर जान सक्ने देखिन्छ । जय आयुर्वेद !

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !