, आफुले मनापराएको मानिसलाई कसरी आफु प्रति आकर्षित बनाउने

मन पराएको मानिसलाई कसरी आफुप्रति आकर्षित गर्ने

मन भनेको एउटा सिसा भित्र रहेको घिउ जस्तै हो । जसरी सिसा भित्र हरेको त्यो घिउ आगोको रापले पग्लिन्छ । त्यसरीनै मानिसको मन पनि पग्लिन सकिन्छ । मानिसको जीवनमा असम्भव भन्ने कुनै कुरा पनि हुदैन । संघर्ष गरेपछि जुनसुकै कुरा पनि प्राप्त गर्न सकिन्छ । त्यस्तैगरी अहिलेको युवा युवतीहरु पनि आफुले मनपराएको मानिसलाई कसरी आफु प्रति आकर्षित गर्ने भन्ने कुरा सोचिरहेका हुन्छन् । भनिन्छ रातो फुल निलो आकाश कसलाई मनपर्दैन ?, त्यसैले सबै मानिसको धारणा त्यहि हुन्छ, आफ्नो जीवन साथि सोझो, इमान्दार होस् भनेर । मानिसको मन जित्न सजिलो हुन्न । मानिसमा हरेक कुराहरुको इच्छा, आकांक्षाहरु हुन्छन् । कुनै कुराहरु त्यस्ता हुन्छन्, जुन चाहेर पनि भन्न सकिरहेको हुदैन । सबैभन्दा ठुलो कुरा  हो बोली । यदि कुनै व्यक्ति राम्रोसँग बोल्छ भने पक्कै पनि त्यो व्यक्तिप्रति जो कोही पनि प्रभावित हुन्छ ।
कुनै पनि मानिसलाई मनपराउनु कुनै ठुलो कुरा होइन तर आफुले मनपराएको मानिसलाई कसरी आफुप्रति आकर्षित बनाउने भन्ने कुरा व्यक्तिमा निर्भर रहन्छ । यदि कुनै युवतीलाई आफुले मनपराएको छ भने सबैभन्दा  पहिला उसको बानी व्यवहार थाहाँ पाउन जरुरी हुन्छ ।

अर्काको मनको चाहना बुज्न सक्नु नै सबै भन्दा ठुलो कुरा हो । जसले एक अर्का प्रति आकर्षित गर्न मद्धत गर्दछ । एक अर्काको  मन दुख्ने कुरा र काम नगर्दा सम्बन्ध विस्तार गर्न धेरै सहज हुन्छ । अरुलाई आफुप्रति आकर्षण गर्न बोली, व्यवहारका साथै शारीरिक रूपमा सफा र आकर्षक हुनु पनि अति नै आवश्यक छ ।

सबै युवा युवतीहरु यस्तो मान्छेसँग कुरा गर्न चाहन्छन्, जो देख्नमा आकर्षक होस् र उसको चाल चलन पनि राम्रो होस् । त्यस्तैगरी उसका हरेक स-साना कुरामा ध्यान दिन पनि आबश्यक हुन्छ । कुनै कुरामा पनि आफ्नो कमजोरीपन देखाउनु हुदैन । यसपछि इशारावाट कुरा गर्न सुरु गर्नुपर्छ । प्राय: युवतीहरु कम बोल्ने युवकलाई जिस्क्याउन मजा मान्दछन् । ती युवक युवतीसँग बोल्न थाले भने युवतीले आफू नै कमजोर भएको सोच्दछिन् । अर्काको कला चोरेर कसैलाई प्रभावित पार्छु भन्ने सपना २१ औ शताब्दीमा देख्नु गलत हुनेछ । किनकी यी युवतीले पनि तपाईंले हेरेका फिल्म वा अन्य कार्यक्रम युवतीले पनि हेरेकी हुनेछिन् ।

हाउभाउले पनि आफुले मनपराएको मानिसलाई प्रभावित पार्न सकिन्छ । बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ । मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा, कुम, हात को प्रयोग गरेर भन्न सकिन्छ । यसवाट आफुले चाहेको मानिसलाई प्रभावमा पार्न सकिन्छ तर, यसमा के ध्यान दिनुपर्छ भने उनको यसमा कस्तो प्रतिक्रिया आउँछ । उनको प्रतिक्रिया सकारात्मक आयो भने आफुलाई मनपराएको हुन्छ ।