८ बैशाख २०८१, शनिबार

हिन्दू संस्कारमा बसिने ब्रत ठिक कि बेठिक ?


पछिल्लो समयमा हिन्दू धर्ममाथि अस्वाभाविक आक्रमणहरू भई रहेको पाईन्छ । कुनै पनि ब्यक्तिले कुन धर्म मान्ने उसले स्वविवेकले निर्णय लिन पाउने अधिकार मौलिक हकमै पर्छ । तर हाम्रो समाज अहिले आफ्नो अधिकारको प्रयोगको नाममा अरूको हक अधिकारमाथि धावा बोल्दै आइरहेका छ, चाहे त्यो जाना-जान होस् या अन्जानमै होस् । त्यही हिन्दू आस्था माथिको पछिल्लो हमलामध्ये पर्छ महिलाहरूले बस्ने ब्रत जसको बारेमा संक्षिप्त रूपमा प्रष्ट्याउने कोशिश गर्नेछु ।

वैदिक कालदेखि नै हिन्दू धर्ममा बिशेष गरी महिलाहरू राम्रो श्रीमान पाउनको लागि, श्रीमानको दीर्घायुको लागि वा आफ्नो स्वास्थ्यको लागि ब्रत बस्ने चलन छ । पतिब्रता महिलाको श्रीमानको आयु लामो हुने कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । उदाहरणको रूपमा जालन्धरलाई लिन सकिन्छ र अर्को एक पतिव्रता महिला थिइन जसले मृत्यु भएको आफ्नो श्रीमान कालबाट फिर्ता लिएर आएकी थिइन् ती महिलाको नाम सम्झना भएन त्यसको लागि माफी चाहान्छु ।

तर यी सबै त बिज्ञानले प्रमाणित गर्न नसक्ने कुरा भयो नास्तिकहरूले यसलाई केवल दन्ते कथाको रूपमा मजाक गर्न सक्छन् । तर बिज्ञानले प्रमाणित गरेको कुरा म आज तपाईहरू समक्ष राख्न गई रहेको छु । उपवास बस्ने काम कसैको लागि लाभदायी होस वा नहोस् तर स्वयंको लागि चाहिँ अनगिन्ती लाभहरू छन् जुन कुरा बिज्ञानले नै प्रमाणित गर्छ । पछिल्लो समय हामी खान नपाएर भन्दा खान नजानेर बिरामी भई रहेका छौँ यो प्रमाणित कुरा हो, हाम्रो शरीरलाइ दैनिक आवश्यक पर्ने भन्दा झण्डै दुई गुणा बढी क्यालोरी हामीले खाइरहेका हुन्छौँ ।

जसले गर्दा हामीलाई पहिलो त मोटोपना सम्बन्धि रोगहरूले आक्रान्त पारिरहेको छ, जस्तै सुगर, कोलेष्ट्रोल, फ्याटि लिभर आदि, दोस्रो खाना अधिक खाएपछि सोडियमको मात्रा बढि खाइरहेका छौँ जसले मृगौला र मुटु बिगारिरहेको छ । अर्को कुरा खानाकै मात्रा बढि खाँदा हाम्रो पाचन प्रणाली ध्वस्त भई रहेको छ जस्ले हामी ज्युँदो मुर्दा बनिरहेका छौँ । बिज्ञानले के भन्छ भन्दा त्यो ब्यक्तिले स्वस्थ जीवनको लागि दिनको दुई छाक खाना त्यो पनि जति पेटमा अट्छ त्यसको एक तिहाई मात्र अन्नले भर्ने भन्छ त्यसमा पनि ३३ प्रतिशत फाईबर हुनु जरूरी छ ।

३३ प्रतिशत ठाउँ पानी र र्को ३३ प्रतिशत भाग हावाको लागी खाली राख्नुपर्छ भन्छ । हामी यहि नियम नअपनाउँदा ज्यूँदो मुर्दा भएर बाँचिरहेका छौँ । जुन हिन्दू धर्ममा बसिने ब्रत छ त्यसले यो प्रक्रियाको सन्तुलन मिलाउँछ, हप्तामा एकदिन निराहार बस्नाले स्वास्थ्यमा अधिक लाभ लिन सकिन्छ भन्ने कुरा आधुनिक बिज्ञानले प्रमाणित गरेको छ ।

अनि भन्नैपर्ने कुरा हिन्दू शास्त्रहरूमा अशक्तहरूले ब्रत बस्नुपर्छ भन्दैन र हरेक महिलाहरूले अनिवार्य ब्रत बस्नुपर्छ पनि भन्दैन यो आस्थासंग सम्वन्धित कुरा हो चाहानेहरू बस्न सक्नुहुन्छ, नचाहानेहरू नबस्न सक्नुहुन्छ तर अरूले गर्छु भन्दा बिरोध गर्नुपर्ने कुनै कारण नै देखेको छैँन मैले किनकी मैले आजसम्म कुनै पनि पुरूषले मेरो लागि अनिवार्य ब्रत बस भनेर कुनै महिलालाई भनेको थाहा छैँन ।

यो आस्थावान महिलाहरूले उनीहरूको राजी खुशीले बस्ने कुरा हो र ब्रत बस्दा फलफुल खान मिल्छ जसले हप्ताभर शरीरमा हुने फाइबरको कमिलाई पूर्ति गर्न मद्दत गर्छ साथै ब्रतको दिन पेटमा अन्न नपर्ने हुँदा हाम्रो पाचन प्रणालीले आराम पाउँछ र शरीरमा अनावश्यक संग्रहित उर्जाको राम्रो सदुपयोग गर्ने समय पाउँछ ।

पछिल्लो समय डाक्टरहरूले भन्न थालेका छन् कि हामीले धेरै खानाले शरिरको उर्जा जति खाना पचाउनमा ब्यस्त भई रहेको छ जसले गर्दा शरिरमा चाहिने इनर्जी उत्पादन भई रहेको छैँन त्यसैले अनेक रोगहरूले आक्रमण गरिरहेको छ । केहि डाक्टरहरूले नयाँ बिधि अपनाएर बिरामीको उपचार गरिरहेका छन् । जुन बिधि ८-१६ हो अथवा ८ घण्टा खाने १६ घण्टा निराहार बस्ने जसले गर्दा बिरामीहरू पनि छिटो निको हुने गरेको अनुभव डाक्टरहरू स्वयं भनिरहेका छन् र यो प्रक्रिया अपनाउनेहरूले स्वयं आफ्नो अनुभव अनपेक्षित रहेको सुनाउने गरेका छन् । जसमध्ये एउटा म आफै पनि अनुभवी छु ।

पेटको रोगले मेरो सिङ्गै शरीर नै ज्युँदो मुर्दा भई रहेको थियो जसको कारण शरिरलाई आवश्यक भन्दा बढी खाना थियो र खानपानको अस्वस्थ शैली थियो जसको कारण अपरेशन सम्मको अबस्था भोग्नुपर्यो । तत्पश्चात मलाई बल्ल अनुभूति भयो कि मैले पेटको लागि खानुपर्ने, आँखा र मनको लागी खाइ रहेको रहेछु त्यसपछि मैले आफ्नो सेड्युल सक्दो मिलाउने प्रयास गरेँ बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र खान्छु । बाँकी समयमा पानी बाहेक अरू खाँदिन र यसलाई अझै सुधार गर्दा बिहान ८ बजे पनि फलफुल मात्र खाने, एउटा स्याउ वा सामान्य कुनै फलफुल बढिमा २०० ग्राम, भात बिहान १२ बजे र बेलुकी ५ बजे मलाई यो सेड्युल लागु गर्न केहि गाह्रो भयो शुरूमा अहिले बानी भई सकेको छ र मेरो स्वास्थ्य पहिला भन्दा नाटकीय स्वरूपमा राम्रो भई रहेको छ ।

केहि लामो यो लेख पश्चात अन्त्यमा एउटै निष्कर्ष के निस्किन्छ भन्दा उपवास बस्नाले दोस्रो पक्षलाई फाइदा होस् या नहोस् आफु स्वयंलाई भने अनगिन्ती फाइदा गर्ने रहेछ । तर कमजोर स्वास्थ्य अबस्था भएको ब्यक्तिको हकमा भने यो नियम डाक्टरको सल्लाहमा मात्र गर्नु बुद्धिमानी हुनेछ । ब्रत बस्न कसैले कसैलाई कर गर्दैन तर जो स्वइच्छाले बस्ने गरेका छन् उनीहरूको बिरोध गर्दै आदर्शवादी कुरा गरेर समाज भाड्नेहरू बाँदर हुन् इर्ष्यालु हुन् ।

*यो लेख पढेपछि कुनै प्रश्न प्रतिप्रश्नहरू छन् भने कृपया कमेन्ट गर्नुहोला सक्दो बिमर्ष गरौँला । धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !