८ बैशाख २०८१, शनिबार

राजनैतिक नेतृत्वको भुमिका हुनुपर्छ यस्तो !


प्रधानमन्त्री ओली, प्रचण्ड र देउवा बालुवाटारमा फाइल फोटो

जनताको प्रधानमन्त्रीले जनताको भावनालाई समेट्ने खालको काम गर्नुपर्ने थियो तर यस्तो नहुनु दुर्भाग्य भन्दा खासै फरक देखिएन । पार्टीको प्रधानमन्त्रीले विकासका एजेण्डा बनायर कहाँ के-को आवश्यक छ भन्ने कुरालाई अध्ययन गरेर मात्र काम गर्ने गरेको भए नेपालमा पार्टीको एकल राज चल्न सक्ने थियो तर यहाँ सवै स्वार्थमा देखिए ।

एजेण्डा बनाउदा धर्म संस्कृतिको रक्षा गर्दै जनमुखी सरकार जस्तै महंगी नियन्त्रण गर्नु,बन्द उद्योग खोल्नु, बेरोजगारको अन्त गर्नेतर्फ ध्यान दिनु, उद्योगतर्फ लागेर जनताको भावनालाई समेटने काम गर्दै अघि बढ्ने गरेमा जनताको प्यारो बन्ने अवसर प्राप्त हुने थियो ।

नागरिकको प्यारो बन्दै पाँच बर्षको अर्को चुनाबमा कसैले त्यो स्थान हासिल गर्न नसकोस भन्ने उद्धेश्य साथ अघि बढ्दा जनताको सहयोग निरन्तर हुने थियो तर यहाँ जे काम जनताले नगर भन्छन् त्यही काममा नेताको पहिलो एजेन्डा बन्दै गयको देखिनु दुर्भाग्य भन्दा खासै फरक छैन ।

शक्तिको अर्थ यो हैनकी जनताको भावनासंग खेलवाड गर्नु । जनताको भावनालाई ठेस लगाउनु भनेको उनिहरुको नजर बाट आफुलाई उतार्नु हो । शक्तिको अर्थ भनेको जनताको राजा बन्न सक्नुपर्छ त्यसलाई शक्ति भन्दछन् ।

पाँच बर्ष भनेको त केवल पाँच दिन हो पाँच दिनमा के हुन सक्छ तर पाँच दिनलाई गहिरिएर सोच्नेहो र देश र राष्ट्र जनताको लागि ठूलो काम गर्न सकिन्छ । नेपाल विश्वको दोस्रो धनीमा जलस्रोतले पर्छ तर आज सम्झौताले गर्दा गरीब देखिन्छ ।

हिजो काँग्रेसले सम्झौता गरे, माओवादीले समझौता गरे, एमाले समझौता गरे यहाँ पानी माथिको ओबानो हुने कोसिस कसैले नगर्दा हुन्छ । नेपालमा विकास नभएको होइन यहाँ फुटको विकास भएको छ । कुर्सीको विकास भएको छ ।

भ्रष्टाचारको विकास भएको छ । महंगी जनतालाई थुपार्ने काम भएको छ । जनताको चाहना भन्दा फरक किसिमको विकास भएको छ । यस्तो कार्य युवाले रोक्न सक्नुपर्छ । गलत के सहि के यस्ता विषयमा कानुनको नजर नुगेको हुन सक्छ । पुर्याउने अभिभारा जनताको हो आवाज गाउँ-गाउँबाट उठाउन सक्नुपर्छ ।

परिवर्तन गर्न भनेर नै जनताले राजा फालेका थिए लोकतन्त्र ल्याएका थिए तर गलत काम भएका छन् देशमा यस्तो कार्य रोकिनु पर्छ । विकासको एजेण्डालाई अघि सारिनु पर्छ र मात्र पार्टीको साख रहने छ ।

नेपालका अधिकांश पार्टीले स्वार्थमा काम गरेको देख्दा कतै त रोए झै गर म मोज गर्छु जे गरेपनि पाला-पालो गरौंला हामीले खोक्रो बनाए भोली राजा आउछ भन्ने भावना त जागेको छैन यस्तो वर्तमान क्रियाकलापले देखाएको छ । म राजनीतिज्ञ पनि होइन देशको विकासतर्फ कसैको ध्यान नपुगेको देख्दा यो कलम चलाएको मात्र हो । धन्यवाद !

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !