६ बैशाख २०८१, बिहिबार

पशुपतिको निधन : एउटा चम्किलो तारा अस्तायो


पशुपति चौलागाई

काठमाडौँ । पशुपति चौलागाईको मनमोहन मेमोरियल अस्पतासमा उपचारका क्रममा २०७८ साल बैशाख २८ गते मंगलबार सॅाझ मृत्यु भयो । बिद्यार्थी कालदेखि नै राजनीतिमा होमिनु भएका पशुपति चौलागाई नेकपा (एमाले) को युबासंघको पूर्ब अध्यक्ष, पोलिटब्यूरो सदस्य, साविकको बागमती अञ्चल इन्चार्जको जिम्नेवारीमा रहि एउटा कुशल नेताको रूपमा स्थापित हुनु भएको थियो।

पशुपति चौलागाइ २०५६ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा दोलखा जिल्लाको क्षेत्र नं १ बाट निर्बाचित हुनु भएको थियो भने २०७० सालमा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनमा समानुपातिक तर्फबाट संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको थियो।

बागमती प्रदेशको संभाबित मुख्यमन्त्रीको रूपमा चर्चित पशुपति चौलागाई दोलखा जिल्लाबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

पशुपति चौलागाई मृदुभाषी, शालिन, प्रखर वक्ता र मिलनसार ब्यक्ति हुनुहुन्थ्यो । उहाँको निधनबाट नेपाली राजनीतिको एउटा चम्किलो तारा अस्त भएको छ । अलविदा क. पशुपति चौलागाई !

*प्रेमबहादुर सिंह पूर्व मन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !