८ बैशाख २०८१, शनिबार

जडिबुटी र आयुर्वेदलाई प्रोत्साहन दिने काममा जुटौं


जडिबुटी

रोग चाहे नयाँ होस् वा पुरानो रोग त रो गनै हो । यदि हामीले केयर नगरेर गलत उपचार गर्छौ भने मान्छे मर्न सक्छ । नोबेल कोरोनाको उपचार औषधि अझ पत्ता नलागेकाले परम्परा चिकित्सामा घरेलु उपचार गरेर लाभ लिन सक्ने छौं ।

हामीले यो समयमा जडिबुटी नै प्रयोग गर्ने बानी बसाल्नुस् यसले नत साइडइफेक्ट गर्ने झन्झट नत ठिक नभए अर्को रोग नै लाग्ने डर । जडिबुटीबाट बनेका औषधि प्रयोग गर्ने बानी बसाल्नु राम्रो हो । यस्ता औषधिले हाम्रो देश भरिएका छन् ।

हामीसंग उपचार छ जडिबुटी छ तर ध्यान सवै बाहिर छ । यदि हामीले यस्ता औषधि चलाउ थाल्छौं भने सायद मलाई लाग्छ हामी जीवना कहिलै असफल होइन सफल हुदै जानेछौं । आज एलोपैथिकले आयुर्वेदलाई मोर्डन युगतिर ढाल्ने काममा लाग्दैछ ।

असुरोको प्रयोगबाट नोबेल कोरोनामा देखिने सवै लक्षणमा उपयोगी छ । यो जडिबुटीबाट हामीले ज्वोरो, रूघा खोकी, दम, टिभी जस्ता रोग सहजै निको बनाउन सक्ने छौं । हेर्दा सामान्य औषधि भएता पनि बेलामा लाखौंको बचत गर्ने देखिन्छ । हामीले यस्ता औषधिमा रिसर्च गरेर हेर्नुपर्छ तब मात्र हामीले अर्थ तन्त्रमा ठूलो फड्को मार्न सक्नेछौं ।

आज हाम्रो देश पछाडि पर्नु भनेकै परनिर्भर हो भन्दा खासै फरक छैन । नेपाली भू-भागमा भएका जडिबुटी पहिचान गर्न नसकेर छिमेकीसंग जडिबुटी ल्याएर उत्पादन गर्ने हाम्रा आयुर्वेद फार्मासिटिकल्सलाई नेपाली जडिबुटीमा निर्भर गराउन सके सस्तोमा बेचेर महंगोमा जडिबुटी किन्नुपर्ने झन्झटबाट मुक्त हुने थिए ।

नेपाल जस्तो अल्पविकसित राष्ट्रलाई परनिर्भरमा राखेर देश डुवाउनु बाहेक केहि छैन । आज विश्वका अल्प विकसित राष्ट्रहरू धेरै अगाडि पुगिसकेका छन् । नेपालका बहुल्य खनिजमा कमिसनको खेल सुरु हुदैछ । अबको समय भनेको राष्ट्रको स्वार्थमा लागेर देशलाई हरेक तरिकाबाट जस्तै जडिबुटी, पानी, खानी उदखलन जस्ता काममा युवालाई लगायत उत्पादनतर्फ लाग्न सके बेरोजगार पनि समाप्त हुने देशको विकास पनि हुने थियो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !