११ बैशाख २०८१, मंगलबार

बाघको यौन चाहनाबारे छोटो रोचक तथ्य जानौं


बाघको यौन चाहना

चाहे मान्छे होस् या पशु सबैको यौन चाहना फरक-फरक हुन सक्छ । कसैलाई बढि र कसैलाई कम हुनु स्वभाविक हो । आजको लेखमा मैले बाघ र बघिनीको यौन कति र कुन समयमा चाहना राख्ने गर्छन् भन्नेबारे प्रकाश पार्नेछु ।

केही वर्ष अघि यो बाघहरूको प्राकृतिक वातावरणमा अध्ययन गर्न गाह्रो थियो, तर संरक्षित भण्डारको स्थापनाको साथ तिनीहरूको जीवन शैली, दैनिक तालिका र सामाजिक गतिविधिहरूको बारेमा जान्न धेरै सजिलो भएको छ ।

बघिनी ३ देखि ४ बर्षको उमेरमा परिपक्व हुन्छे भने भाले बाघ ४ देखि ५ वर्षमा परिपक्व हुन्छ । जाडो मौसम कार्तिक देखि वैशाख महिना अवधिसम्म सम्भोग गर्ने गर्दछन् । उनीहरू प्राय: ३ देखि ७ दिनसम्मसंगै बस्ने गर्दछन् । यस अवधिमा मैथुन एकैदिनमा धेरै पटकसम्म गर्ने गर्छन् ।

वघेनीको एउटा बानी निकै रोचक हुने गरेको हुन्छ । उसलाई सेक्स चाहना भए कराउने गर्दछे र उसले सवैभन्दा बलियो अरूलाई हराउन सक्ने खालको एकल भाले बाघसंग मात्र सम्पर्क गर्ने गर्दछे । त्यतिबेला अन्य बाघका बथानले चक्कर काट्ने गरेका हुन्छन् । तर त्यसमा जसले सबैलाई जित्ने गरेको हुन्छ त्यसलाई नै ६/७ दिनसंगै बस्ने इजाजत बघिनीले दिइकि हुन्छे ।

प्रकृतिले हरेकलाई समय तोकेको हुन्छ । त्यो समयमा उसलाई यौन चाहना तीब्र भएको हुन्छ । मानिस र भगेरालाई जति भएपनि कम भएको हुन्छ । हरेक मान्छे सन्तोष र सुखी दाम्पत्य जीवन विताउनको लागी यौन सन्तुष्टि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

आज दैनिकजसो बलात्कारका घटना हामीले सुन्ने गरेका छौं यो पनि एक प्रकारको रोग जस्तै हो । यस्तो हुनुको पछाडि लागुऔषध जाँड रक्सीको लत साथै यौवन चाहना दबाएर राख्ने मानिस बाट यस्ता घटना घट्ने गरेका छन् । रक्सी, वियर बेच्ने समयमा सुधार गर्ने र सेवन गर्दा उसको शरीरलाई कति आवश्यक छ भन्ने कुराको यकिन गरेर मात्र दिने सिस्टमको विकास गर्न सके परिवर्तन हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

भगेराको यौन क्षमताबारे रोचक तथ्य जानौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !