१३ बैशाख २०८१, बिहिबार

कोरोना भाइरस र वर्तमान अवस्थामा देखिएको समस्या


कोरोना

नोबेल कोरोना भाइरस एक प्रकारको सरूवा रोग हो । लामो समयसम्म नागरिक यो रोगको सिकार बन्दै गएका थिए । अहिले आएर भ्याक्सिन तयार भएको छ । यस्तो अवस्थामा अब नोबेल कोरोना पन्छियो भन्दै राहतको श्वास लिने गर्दै गर्दा पुन: नयाँ कोरोना भित्रिने भन्दै पुन: लकडाउन गर्ने चर्चा चल्दै आउनु भ्याक्सिन नै गलत त भएन भन्ने कुरा यहाँ देखिन थालेको छ ।

हामीले एउटा महत्वपूर्ण कुरा यो बुझ्न जरूरी छ की नोबेल कोरोनाको भ्याक्सिन लगाउदा यसमा हुने साइडइफेक्ट र यसले मानव स्वास्थ्यमा गर्ने भूमिका के हुन सक्छ भन्ने कुरा हरेक नागरिकले बुझ्न जरुरी देखिन्छ । भ्याक्सिन लगाएको व्यक्तिमा रोग प्रतिरोधक क्षमता वृद्धि हुनुमा समय लाग्ने हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

नोबेल कोरोनाबाट सवैभन्दा भरपर्दो उपचार परम्परा चिकित्सामा आधारित जडिबुटी र इम्योनो बुस्टरको लागी आवश्यक भिटामिन हामीले प्राकृतिक स्रोतबाट प्राप्त गरेर हरेकलाई वितरण गर्न सकिन्छ भने ठूलो समस्या हल हुन सक्छ । मैले बुझे अनुसार हाम्रो बारमा भएको जडिबुटी असुरोको बारेमा पहिले पनि भनि सकेको छु ।

यो युगमा हामीले यस्ता औषधि माथि अनुसन्धान गरेर इन्जेक्सनको रूपमा यस्को प्रयोग हामीले मानव स्वास्थ्यमा गर्छौं भने सफल हुने आशा १००% गर्न सकिन्छ । विगत लामो अनुभवबाट यो कुरा प्रष्ट भएको छ कि असुरोमा भिटामिन प्रशस्त पाइने र यसलाई सदियौदेखि मलको रूपमा कृषिमा प्रयोग हुदै आएको भनी रहनु पर्ला जस्तो मलाई लाग्दैन ।

असुरोमा भएको दिव्य औषधि गुणका कारण हरेक सिजनमा यो प्राय: हरियो नै भएको हामीले देखिरहेका छौं यस्तो औषधि हाम्रो देशमा त्यसै खेर गएको देखिन्छ । हामीले देख्ने गरेका अन्य जडिबुटी भन्दा यो अलि फरक जडिबुटीको श्रेणीमा पर्ने असुरो खासगरी भाइरस रोगमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएको छ ।

मैले यसको प्रयोग आफ्नै घरबाट शुरु गरेको थिए । खास गरी यसको प्रयोग श्वास बढ्ने, लामो समयसम्म रूघा लाग्ने, एलर्जीका कारण हुने दम खोकीमा रामबाण काम गरेको अनुभव मेरा बाजे हजुरबा र बुवाको पालादेखि नै प्रयोग गर्दै आएको हुनाले नोबेल कोरोनाको रोकथाममा समेत यसले अहम भूमिका निभाउन सक्ने मेरो विश्वास छ ।

आज हामीसंग यस्तो दिव्य औषधि हुँदाहुँदै दरदरको ठोक्कर खादै हिड्ने गरेका छौं । हामीले असुरोबाट इन्जेक्सन तयार गर्न सक्छौ, औषधि बनाएर नागरिकको उपचार गर्न सक्छौ । असुरो आयुर्वेदिक औषधिहरूमा प्रयोग हुदै आएको छ । यसको प्रयोगले जमेको कफ फाल्न र पटक पटक लाग्ने खोकी रूघा हटाउन ठूलो भूमिका खेल्न गरेको हामीले देखेका छौं ।

औषधि विज्ञानमा यसको प्रयोगले ठूलो क्रान्ति ल्याउन सक्ने देखिन्छ । ढिलो चाडो भएपनि यसबाट फाइदा भारत सरकाले लिदै गरेको छ । तर सवैभन्दा बढी उत्पादन हुने देश नेपालले भने यसबाट खासै फाइदा उठाउन सकिरहेको छैन यो दु:खद हो । हामीले यस्ता औषधि खेर जानबाट रोक्नुपर्ने समय आएको छ ।

जुन ठाउँमा असुरो छ त्यो क्षेत्रमा नोबेल कोरोना प्रवेश नगर्ने कुरा यसको गन्धले देखाएको छ । आजकाल बजारमा होम्योपैथीक कम्पनीले मदर टिङ्चरको रूपमा दैनिक प्रयोग गर्दै आएको छ । यो औषधिको माग दिन प्रतिदिन बढ्दै गएको छ । हामीले पनि यो जडिबुटीबाट औषधि तयार गरेर बेरोजगार घटाउनुको साथै राम्रो डलर भित्राउन सक्ने सम्भावना देखिन थालेको छ ।

यस्ता औषधि मानव स्वास्थ्यमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारी हुन आवश्यक छ । आउनुस् अब औषधि बनाउने र सेवन गर्ने तरिका जान्नेतर्फ लागौं । असुरोको पात ल्याउनुस् र पकाउनुस पाकेपछि हरियो काढा तयार हुन्छ । आवश्यक एकदेखि दुई चमच औषधि दिनमा दुई तीन पटकसम्म खान सक्नु हुन्छ । बच्चाहरूलाई यसको आधा एकदेखि आधा चमच मह थोरै मह मिलाएर दिन सक्नुहुन्छ ।

Benefits of Justicia Adhatoda

Justicia Adhatoda is a medication, which is used for the treatment and prevention from conditions such as spitting of blood, fever, jaundice, vomiting, thirst, loss of appetite, chest tightness, respiratory obstruction and constipation.

Justicia Adhatoda can also be used to treat pneumonia, Bronchitis, Cold Cough and teasing cough. It is also helpful to cure urinary tract infections, pregnancy pain, vaginal discharge and Dyspnoea.

Directions of Use

For adults, 1/2 teaspoon should be taken for two-three times a day and for children, 1/2 tespoon should be taken twice a day.

नोट : यो औषधि तितो हुने हुनाले मह मिलाएर सेवन गराउन सकिन छ वा त्य सैपनि लिन सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !