८ बैशाख २०८१, शनिबार

हिन्दूहरूको पवित्र धार्मिक स्थल देवघाटमा अभिषेक चर्च बन्नु के जायज छ त ?


अभिषेक चर्च

नेपालको ७ प्रदेशमध्ये गण्डकी प्रदेशमा पर्ने देवघाट धाम परापूर्वकालदेखि पवित्र तिर्थ स्थलको रुपमा परिचित रहेको छ । धर्मशास्त्रमा उल्लेख भए अनुसार यस भूमिमा परापूर्वकालमा देवताहरुको बसोवास भएकोले यस पवित्र भूमिको नाम देवघाट रहन गएको हो भनी उल्लेख गरिएको छ ।

हिन्दु धर्मशास्त्रमा उल्लेख गरिए अनुसार चारधाम क्षेत्र स्नान गरेर यस तिर्थमा स्नान् गरिएको छैन भने मानव जीवन व्यर्थ हुने साथै अन्यत्र तीर्थ नगई यस तिर्थमा मात्र स्नान् गरेमात्र पनि चारधाम तिर्थ गए बराबरको पूण्य प्राप्त हुन्छ भनी शास्त्रमा उल्लेख गरिएको भेटिन्छ ।

यस्तो पवित्र तिर्थस्थललाई केन्द्र विन्दु बनाएर गठन गरिएको यस गाउँपालिकाको प्राकृतिक, ऐतिहासिक धार्मिक सौन्दर्यताले भरिपूर्ण नगरीको विकासको गुरुयोजनामा धार्मिक पर्यटन क्षेत्रको ठूलो भूमिका साथै महत्वपूर्ण क्षेत्र ओगटको देखिन्छ । तर यस्तो भुमिमा कृष्चियनको अभिसेक चर्च बन्नु भनेको हिन्दू धर्म संस्कृति माथि सोझो प्रहार भएको केहिको मत छ ।

नेपाल चार जात छत्तीस बर्णको फुलबारी हो । यहाँ हरेक धर्म समुदायकका मान्छे बस्ने गर्दछन् । तर अन्य धर्म समुदायका मान्छेले चर्च बनाउदा त्यसको असर अन्य धर्म समुदायलाई मर्का पर्ने कुरामा ध्यान जान जरूरी छ ।

हामी पहिले नेपाली हौं र नेपाली नै रहनेछौं । जसले जे धर्म मानेपनि हामीले हिन्दू धर्म त्याग्नु पक्कै राम्रो होइन । आज नेपालमा धर्म परिवर्तनको विगविगी बढ्दो अवस्थामा देखिन्छ । भविष्यमा कुनैपनि धर्म समुदाय बढ्नु भनेको देशको लागी घातक सिद्ध हुनसक्छ ।

तर नेपाली हिन्दू धर्म समुदायकाले अन्य धर्म समुदायलाई धर्म परिवर्तन गर्ने जस्ता क्रियाकलाप गरेको पाइदैन । आज लोभ लालच देखाई गरिने धर्म परिवर्तनले अर्को समस्या निम्तने खतरा पर्ति समयमा सजग नहुदा देशलाई समेत नोक्सान हुन सक्छ ।

देवघाट जस्तो हिन्दूहरूको पवित्र स्थलमा अन्य धर्म समदायको चर्च स्थापना भएको देख्दा सबैको ध्यान जानु स्वभाविक देखिन्छ । अन्य धर्म समुदायका मान्छे बस्नु गलत होइन तर प्रलोभन देखाएर धर्म परिवर्तन जस्तो जघन्य अपराध गराउन खोज्नु गलत छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !