११ बैशाख २०८१, मंगलबार

बन्द हडतालले जनतालाई होइन नेतालाई मात्र हुन्छ फाइदा


हामी यहाँ छौं

जनता अबुझ हुन या नेता बुझ्न गार्हो हुदैछ किनभने बेमौसमी बाजा बजाउदा देश र जनता दुवैलाई समस्या पर्न सक्छ । ५ बर्षको लागि बनाएका प्रधानमन्त्रीलाई ३ वर्ष नपुग्दै सिट छोड भन्नु मेरो विचारमा सरासर गलत छ । काम गर्दा प्रयाप्त समय र स्वतन्त्रता अपरिहार्य छ ।

देश विकासमा भन्दा स्वार्थको राजनीति गर्न तलिन देखिदै छन् । काम गर्न नदिने तर वेमौसममा कुर्सी तानातान गर्ने जस्ता क्रियायाकलाप जनताको अगाडि छरलंग देखिनु लाजमर्दो कुरा जस्तो लाग्दैछ । भाषण मिठामिठा गर्ने तर आफ्नै स्वार्थमा लाग्ने नेतृत्वको पछि-पछि आन्दोलनमा जनताको लर्को देखिनु आफैमा देख्ने र बुझ्नेका लागी अनौठो देखिएको छ ।

आज देशको विकासमा भन्दा कुर्सीको लागी तानातानले नेतालाई फरक नपर्ला तर राष्ट्र र जनतालाई फरक पर्न सक्छ । परिवर्तन जनताले चाहेता पनि परिवर्तनको फल चाख्न नपाउनु भनेकै यही हो । यहाँ राष्ट्रको हितमा भन्दा आफ्नै स्वार्थमा डुब्ने परम्पराले देश ओरालो लाग्दैछ ।

आज देशमा भएका उद्योग कलकारखाना सवै समाप्त पारिदै गएका छन् परिवर्तनको नाममा राजनीति खिचानीले र संघीयताले सवैभन्दा ठूलो मार जनतामा पर्न गएको देखिन्छ । राजाले केहि गरेनन् भन्दै जनतालाई परिवर्तनको नाममा लोकतन्त्र र गणतन्त्र लादिएको छ । तर लोकतन्त्रले विकास लाई दुर्त गतिमा लग्नु पर्नेमा लगेको देखिएको छैन ।

हामीले स्वार्थको राजनीति भन्दा देशको आवश्यकतालाई हेरेर काम गर्ने वातावरण तयार गरेर अघि बढ्न सकेमा मात्र परिवर्तन सम्भव छ । अघिल्लो चुनावमा मैले धेरैको मुखबाट आज मस्त खाइयो भन्ने सुनेको थिए अमुल्य मत बेच्नेहरूका कारण नै आज देशमा अराजकता वातावरण निर्माण भएको देखिन्छ ।

आज मठ मन्दिर मास्ने जस्ता क्रियायाकलापमा केहि व्यक्तिहरू लागेको देखिन्छ । धर्म संस्कृति नभए देशको अस्तित्व नै समाप्त हुन सक्छ । धर्म संस्कृति र संस्कार मान्दैनौ भन्नेहरू जनतालाई धर्म परिवर्तनमा उक्साउदै पर धर्म भित्राउने जस्ता क्रियाकलाप देखिनु भनेको राष्ट्रको लागि गलत छ भन्दा खासै फरक छैन ।

आज विकासको एजेण्डा भन्दा कुर्सीको लागि मरिहत्ते गर्ने स्वार्थीहरूको झुण्ड दिनप्रति दिन बढ्दै गरेको देखिन्छ । अब यो देशमा जंगबहादुर जस्ता व्यक्ति जन्मनु पर्ने र यस्ता व्यक्ति नेपालमा जन्मी नसकेको अनुमान गर्न सकिने भएको छ । मलाई दु:ख लागेर आउछ सहि र गलत छुट्टाउन नसक्ने जनता हावा तालमा गफको पछाडि लाग्ने गरेको देख्दा ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !