७ बैशाख २०८१, शुक्रबार

नेकपा कानुनी रुपमा पार्टी एउटा, गुट दुई वटा : यस्तो पाराले देशको विकास हुन सक्ला ?


ओली प्रचण्ड संघर्ष फाइल फोटो

यो कस्तो देश जहाँ दुई वटा अध्यक्ष सक्रिय देखिन्छन्, दुवैले सडक तताउछन् । बुझ्नै गार्हो छ वा यस्तो पाराले देश कसरी अघि बढ्ने होला । समय नपुग्दै चुनावको विकुल फुक्दछन् । एउटै पार्टीको दुई वटा गुट काम गर्न समेत अप्ठ्यारो ।

म भएको भए पहिले नै राजीनामा दिएर बस्ने थिए । चाहे जे होस् प्रधानमन्त्रीले गरेको ‌कदमलाई स्वागत योग्य मान्नुपर्छ । स्वइच्छाले काम गर्न नपाएपछि वाध्यताले गर्न परेको देखिन्छ । यसले दुवैलाई फाइदा होइन वेफाइदा बढी हुनेछ ।

देशको माटो सुहाउँदो काम गर्नु राम्रो हो । हामीले सिटको लागि होइन राष्ट्रको स्वार्थमा अघि बढ्न सक्नुपर्छ । सत्ता समीकरणले काम गर्न गार्हो हुन्छ, यो यथार्थ हो । आज देशमा गुटबन्दीले एउटालाई होइन दुवैलाई ठूलो क्षति हुनेछ ।

नागरिकले दिएको बहुमतको कदर नहुदा यस्ले कसैलाई पनि फाइदा नहुने देखिन्छ । आज देशमा युवा पलायन हुने दर बढ्दो छ, भएका उद्योग समाप्त पारिएको छ । जमिन सुख्खा छ, नहर छैन । देशलाई कृषि प्रधान देश घोषणा गरिएपनि आलुदेखि सियोसम्म छिमेकीबाट आउने गरेको पाइन्छ ।

हिजो राजसंस्थाले केहि गरेन भन्नेहरू नै आज सत्तामा छन् । तर विकास शुन्यमा झरेको छ । जनताको भावनालाई कुल्चदै गर्दा यसको नतिजा राम्रो नहुन सक्छ । हामीले काम गर्दा देशले के माग्दैछ भन्ने कुरामा विषेश ध्यान दिन सक्नुपर्छ ।

पत्रकार देशका स्तम्भ हुन तर पत्रकारले निष्पक्ष ढंगले काम गर्न नसक्दा यसको असर नराम्रो हुने देखिन्छ । देशको विकासमा पत्रकारको भूमिका ठूलो हुनुपर्छ । आज निष्पक्ष ढंगबाट देशमा के को कमि छ भन्ने कुरा पत्रकारले देखाउन सके ठूलो उपलब्धि हुने देखिन्छ ।

आज कम विकसित मुलुक विकसित हुदै गएका छन् तर हाम्रो देश भने छिमेकीको उत्पादन खान व्यस्त छन् । बाटो घाटोले देशको विकास त होइन अन्तर्राष्ट्रियको विकास भने देखिदैछ । यस्तो पाराले काम गर्दै जानु भनेको नाच्न नजाने आँगन टेडो भन्ने उखान सावित हुने निश्चित छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !