८ बैशाख २०८१, शनिबार

नेपाली महिलामा जबरजस्ती करणी देश तथा विदेशमा पनि बढ्दै


नेपाली महिलामा जबरजस्ती करणी

काठमाडौँ । महिला विदेशी जानु वा पठाउनु बाध्यता हो वा रहर यो सवै गलत हो । यस्तो हुनुमा सरकार र व्यक्ति दुवै दोषी छन् । समय देश र परिस्थिति दुवै महिलाका लागि गलत छन् ।

इच्छा आकाङ्क्षा सवैमा हुन्छ । विदेशमा बाध्यता बढी भएको एक अध्ययनले देखाएको छ । हाउस सर्भेण्टमा जाने अधिकाँश महिलाहरूलाई जबरजस्ती करणी गर्ने गरेको पाइएको छ ।

आज महिला दिदि बहिनिहरुलाई विदेशी पठाउनु नितान्त गलत छ । एकल महिला विदेश पठाउने हरेक घर होस या परिवार दोषी ठहरछन् । दलालको हातबाट विदेश जाने अधिकाँश महिलाहरू बाध्यात्मक रूपमा जबरजस्ती करणीको शिकार हुन पुग्दछन् ।

तर पढाइको सिलसिलामा जाने महिलामा भने यस्तो अवस्था नआएको एक अध्ययनले देखाएको छ । चाहे जेहोस् हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने परिवारसंग जाने महिला धेरै सुरक्षित भएको देखिन्छ ।

पैसाको लागि जाने महिलाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । देशमा उद्योग भइदिएको भए शिक्षित महिला विदेश जाने थिएनन् । नेपालमा प्रशस्त उद्योग भइदिए कोही विदेश जाने थिएनन् यो कुरामा सरकार पनि दोदोषी देखिएको छ ।

अब महिलालाई विदेश पठाउन रोक्नुपर्छ । यदि यसो गरिएन भने यसको परिणाम ठूलो हुन सक्ने देखिन्छ । देशमा उद्योग भइदिए कोही बेरोजगार रहने थिएनन् र जबरजस्ती करणीको सिकार नेपाली दिदीबहिनी पर्ने थिएनन् ।

अब सरकारले महिला विदेश जान प्रतिबन्ध लगाउन सक्नुपर्छ । यदि यसो गरिएन भने महिला माथि ठुलो समस्या आइलाग्ने देखिन्छ । हुनत जबरजस्ती करणी नेपालमै रोक्न सकि रहेको छैन ।

महिलाले महिलामाथि लगाउने लाछना अविलम्ब रोक्नुपर्छ । जबसम्म महिलाले महिलाको समस्या बुझ्न सक्दैन भने यो सिलसिला रोकिदैन बढ्दै जानेछ । आज महिलाद्वारा नै महिला पिडित भएको बर्तमान अवस्थाले देखाएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !