७ बैशाख २०८१, शुक्रबार

सकारात्मक सोच विकास गर्ने ७ मन्त्रहरु


Positive Thinking सकारात्मक सोच

 

Arun Asian
अरुण एशियन

अहिलेको समयमा मानिसहरु एकदमै नकारात्मक बन्दै गईरहेका छन् । आफू मात्र राम्रो, आफ्नो काम मात्र उत्तम, आफ्नो भनाई मात्र सहि भन्ने विचार एकदमै प्रवल बन्दै गहिरहेको छ । यस्तो बिचारले केहि समय आनन्द दिएपनि हरेक व्यक्तिले आफू एक्लो भएको बेला मुर्ख र दु:खी भएको महसुस गरेकै हुन्छन । कसै-कसैले आफूलाई मात्र किन मान्छेहरुले मन नपराएको होला भन्ने अनुभव पनि गरिरहेका हुन्छन त्यसैले यो छोटो जिन्दगीको यात्रामा सबैको प्रिय भई उल्लासमय जिन्दगी जिउन हामी सकारात्मक हुन जरुरी छ । यसका लागि केहि मन्त्र साथ दिनको शुरुवात गर्न सक्छौ । हेर्दा साधारण जस्तो लागेपनि तलका बुँदाहरुलाई इमान्दारसाथ हरेक बिहान स्मरण गरी दिनको शुरुवात गरे करीव बाइस दिनदेखि एक महिनासम्ममा आफू सकारात्मक बनिसकेको अनुभव हुनेछ । आउनुहोस ती मन्त्रहरु याद गरिहालौ ।
१. आजको दिन म मुस्कानवाट सुरु गर्नेछु ।
२. आजको दिन म शान्त रहनेछु ।
३. आजको दिन म प्रसन्न रहने छु ।
४. आज दिनभर काम इमान्दारीसाथ गर्नेछु ।
५. आजको दिन म सबैलाई आदर, सम्मान र प्रेम गर्नेछु ।
६. आजको दिन म ईश्वर र प्रकृतिसंग आभारी हुनेछु ।
७. आजको दिन म बोल्ने भन्दा सुन्ने काम धेरै गर्नेछु ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका अरुण एशियन  लेखक तथा साहित्यकार हुन् । उनका लेखहरु साहित्यिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन । उनको रंगीन सपना नामक उपन्यास प्रकाशित छ  । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !