११ कार्तिक २०७७, मंगलवार

नेपालमा कोभिड-१९ को व्यवस्थापनमा देखिएका चुनौतीहरु



नेपालमा कोभिड-१९ को व्यवस्थापनमा देखिएका चुनौतीहरु

नेपाल जस्तो विकासशील देशहरूलाई अर्को शब्दमा गरिब मुलुकहरूलाई कोभिड-१९ जस्ता महामारी मात्र होइन सानातिना विपद् समेत बाढी माथिको पहिरोको समस्याको रूपमा आउने गर्दछ । नेपाल जस्ता मुलकहरूको लागि यो एउटा नयाँ रोग तथा अत्यन्त भ्रमित अवस्था हो भन्दा फरक नपर्ला । यही सेरोफेरोमा यो लेख किन प्रत्येक समस्याहरू वस्तुतः हाम्रो बुझाइका कारण विकराल अवस्था सिर्जना गर्नतिर उन्मुख हुन्छन् भन्ने विषयमा केन्द्रित छ । साथै पर्याप्त तयारी तथा व्यवस्थापनको अभावले वर्तमान अवस्था झैँ भविष्यमा आउने स्वास्थ विपद्ले ठुलो नोक्सानी पुर्याउने सहजै अनुमान लगाउन सकिन्छ ।

प्रत्येक समस्याहरू वस्तुतः हाम्रो बुझाइका कारण विकराल अवस्था सिर्जना गर्नतिर उन्मुख हुन्छन् । साथै पर्याप्त तयारी तथा व्यवस्थापनको अभावले वर्तमान अवस्था झैँ भविष्यमा आउने स्वास्थ विपद्ले ठुलो नोक्सानी पुर्याउने सहजै अनुमान लगाउन सकिन्छ ।

प्रस्तुत लेखले कोभिड-१९ को चिरफारभन्दा पनि नेपालले विपद् व्यवस्थापनमा चुकेको अवस्थातर्फ इङ्गित गर्न खोजेको छ । एकातर्फ पर्याप्त बजेट खर्च मार्फत कोभिड-१९ विरुद्ध जुधिरहेको सरकारी दावी भएतापनि पहिलो मोर्चामा अग्रसर जनस्वास्थ विज्ञ, स्वास्थकर्मी लगायतहरूबाट सरकार गम्भीरतापूर्वक योजनाबद्ध तरिकाले काम गर्न चुकेको बताइरहेका छन् । जसबाट हामी ठूलो दुर्घटनातर्फ उन्मुख छौं नै, जुन कुरा छिमेकी मुलुक भारतमा देखिसकेको छ ।

पहिलो मोर्चामा अग्रसर जनस्वास्थ विज्ञ, स्वास्थकर्मी लगायतहरूबाट सरकार गम्भीरतापूर्वक योजनाबद्ध तरिकाले काम गर्न चुकेको बताइरहेका छन् । जसबाट हामी ठूलो दुर्घटनातर्फ उन्मुख छौं नै, जुन कुरा छिमेकी मुलुक भारतमा देखिसकेको छ ।

हामीले सङ्ग्रहित बल मार्फत् मात्र विपद् व्यवस्थापन गर्न सक्छौं भन्ने कुरा बुझ्न जरुरी छ । अन्तिम घडिमा जति नै बजेट र स्रोत प्राप्त भएतापनि यसको उपयोगिता गुणस्तरीय हुँदैन । अहिलेको समयमा मूलतः भोग्नुपरेको स्वास्थ्य समस्या अन्तर्गत मातृ-शिशु मृत्युदरमा बृद्धि, कोभिड बाहेकका दीर्घकालीन रोगका कारण भएका मृत्यु तथा भैपरी आउने स्वास्थ्य समस्याका कारण हुने मृत्युदरमा बृद्धिले हाम्रो स्वास्थ्य सेवाको अवस्था कति कमजोर छ भन्ने चित्रण गरेको छ ।

अर्कोतर्फ विकराल रूपमा देखापरेको मनो-सामाजिक, आर्थिक सङ्कटका कारण मानविय गुणको क्षतिले हाम्रो भविष्यको यात्रा सहज छैन भन्ने सङ्केत दिइसकेको अवस्था छ । सरकारले आफ्नो जनता मानविय सङ्कटमा पर्दा प्रदान गर्नुपर्ने सहुलियत तथा साना उद्यमीहरूलाई उत्प्रेरित गर्नुपर्ने अवसर चुकाएको छ । यसको विपरित महामारी जस्तो विपद् अवस्थामा राज्य श्रोतको दुरूप्रयोग तथा राज्य स्तरबाट ऐन कानुनको उलङ्घन र दुरूपयोगले यो विपद् संकट झनै चिरिँदै जाने निश्चित छ ।

यसर्थ राज्यले लिनुपर्ने निर्णय तथा कार्यविधि परम्परागत तथा सेवा विमुख देखिनुनै हाम्रो दुर्भाग्य हो । देश संघीय संरचनामा उन्मुख भई संघीय मुलकको रूपमा रूपान्तरण भइसकेको तथा असमान वितरणका समस्या समाधान गर्ने हेतु तिनतह (संघीय, प्रदेश तथा स्थानीय तह) को शासन प्रणाली अवलम्बन गरेको देखिन्छ । स्थानीय तहसम्म श्रोत पुग्ने अवधारणा भएतापनि स्थानीय तहको अनुभवको कमी र क्षमता अभिवृद्धि हुन नसक्नाले उनीहरू पनि शासन गर्नमा नै व्यस्त देखिन्छन् ।

सायद यो रोग हाम्रो जस्तो हेलो होचो गर्ने व्यवहारको अन्त्य भईनसकेको अवस्थामा स्थानीय आवश्यकता पहिचान गरीसिर्जनशील कार्यतर्फ अघि बढ्न पर्याप्त समय र सामथ्र्यको जरुरी देखिन्छ । स्थानीय तहमा नदीजन्य उत्खनन, बिना अध्ययनको बाटोको नाममा डोजर विकास, फोहोरमैला खोला-नालामा मिसाउने, खानेपानीको दिगो जोहो गर्न पछि परेका उदाहरण प्रष्ट छन् । जसरी बर्षेनीबाढी, पहिरो, खानेपानी समस्या, सिंचाई समस्या, मौसमी रोग-व्याधि लगायत कार्यहरू विरुद्ध पूर्णरूपमा लड्न सकेको देखिँदैन ।

हुनतः यो सबै भारी स्थानीय तहले बोक्न सक्दैन तर संघीय र प्रान्तीय सरकारको सहायता मार्फत स्थानीय तहले दिने सेवाको आफ्नै महत्व छ । स्थानीय तहमा विपद् व्यवस्थापनको अवस्थामा स्थानीयहरू नै आश्वस्त हुन नसक्नु तथा विपद् व्यवस्थापन जस्तो गहन विषयलाई समावेशी बनाउन नसक्नुले हालको तयारीले महामारीको बेगलाई थेग्न सक्दैन । अहिलेको अवस्थामा स्थानीय तहले स्पस्ट ढङ्गले आफ्नो चुनौती र अवसरलाई बुझ्नुपर्ने र साथै आफ्नो तहको पर्याप्त जानकारी प्राप्त गर्न सके मात्र पनि कोभिड-१९ लगायत भविश्यमा आउने विपद् व्यवस्थापनको तयारीमा जुट्ने पृष्ठभूमि तयार हुन्छ ।

जनसाधारणको बुझाईमा हालको कोभिड-१९ महामारीलाई विविध कोणबाट हेर्न जरुरी छ । एउटा बुझाईको कोणबाट यो अतिसामान्य अवस्था हो जसको कारण एकाङ्की रूपमा ज्यान नै जाने अवस्था रहन्न भन्ने गलत बुझाई छ । जसको कारण समुदाय स्तरमा व्यापक लापरवाही देखिन्छ, जुन दिन यो खतरनाक छ भन्ने बुझिन्छ, ढिला भइसकेको हुनेछ । हालसालै मात्र ग्रामीण क्षेत्रको भ्रमणको सिलसिलामा देखिएका दृश्यहरूमा सामाजिक दुरीको अवस्थालाई पूर्णतया नकारेको, मास्कको प्रयोग नगरिएको, सही ढङ्गले प्रयोग नगरिएको देखियो । प्रहरी र प्रशासन देख्दा मास्क लगाउने, अगुवा मानिनेहरू नै संक्रमणको जोखिमप्रति सचेत नहुनु, संक्रमणको जोखिमलाई प्राथमिकता नदिनु जस्ता उदाहरणबाट प्रष्ट हुन्छ नै हामी संक्रमणलाई आफूतिर निम्तो दिँदैछौ ।

समुदाय स्तरमा व्यापक लापरवाही देखिन्छ, जुन दिन यो खतरनाक छ भन्ने बुझिन्छ, ढिला भइसकेको हुनेछ । हालसालै मात्र ग्रामीण क्षेत्रको भ्रमणको सिलसिलामा देखिएका दृश्यहरूमा सामाजिक दुरीको अवस्थालाई पूर्णतया नकारेको, मास्कको प्रयोग नगरिएको, सही ढङ्गले प्रयोग नगरिएको देखियो ।

यस वीचमा कोराना भाइरस संक्रमणताको अतिवादी सोचाई जुन सहरी समाजले देखाइ सकेको छ । जस अन्तर्गत कोही व्यक्ति र समुदाय कोराना भाइरस मात्र सामान्य रोग हो र यसले मलाई खासै समस्या पार्दैन, जुलुस, सभा गर्ने, जात्रा, पर्व, पहिले झैँ मनाउने जस्तो समूह छन् । अर्कोतर्फ यो रोगको नाम सुन्न समेत हुन्न तथा यो रोग लागेको व्यक्ति आफ्नो समुदायमा छ भने पनि उसलाई र उसको परिवारलाई समेत छिःछिः दुरदुर गर्ने, संक्रमित स्वास्थ्यकर्मीप्रति दुव्र्यवहार तथा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न रोक्ने तथा सो क्रममा झडपमा उतर्ने जस्ता तथ्य हाम्रो अगाडि छ ।

प्रहरी र प्रशासन देख्दा मास्क लगाउने, अगुवा मानिनेहरू नै संक्रमणको जोखिमप्रति सचेत नहुनु, संक्रमणको जोखिमलाई प्राथमिकता नदिनुजस्ता उदाहरणबाट प्रष्ट हुन्छ नै हामी संक्रमणलाई आफूतिर निम्तो दिँदैछौ ।

यिनी दुवै अतिवादबाट मुक्त हुन नसक्नु नै नेपाली समाजको दुर्भाग्य हो । हजारौं वर्षदेखि रहेका कुविचार र कुप्रथालाई मस्तिस्कमा बोकेर यो महामारीको अवस्थामा नेपालीहरू थप पिल्सिरहनु हदैसम्मको दुर्भाग्य हो । यसको लागि स्वस्थ जानकार तथा जनस्वस्थ विज्ञको भूमिका महत्वपूर्ण रहन्छ र त्यसलाई मात्र स्वीकार गर्ने समाजको निर्माण गर्न आवश्यक छ ।

महामारीको समयमा बिशेषगरी गरिबीको रेखामुनि रहेका परिवारलाई कस्टकर समयावधि थपिएको तथा साना तथा मध्यम व्यवसायमा संलग्न व्यक्तिहरूमा व्यावसायिक अनिश्चितताले पिरोलिरहेको अवस्था विभिन्न अध्ययनहरूले देखाएको छ । शुरुवाती चरणमा पर्यटन क्षेत्रको योगदान थोरै (लगभग ३% कुल ग्राहस्थ उत्पादन) भएको हुनाले यस क्षेत्रमा रोजगारीे तथा आयमा हुने क्षतीले अर्थतन्त्रको वृद्धिदरलाई खासै असर नगर्ने भनेर हल्का समिक्षा गरिएको थियो ।

पर्यटन क्षेत्रमा आवद्ध करिब एक लाख व्यक्तिहरूको पेशा गुमेको छ त्यो पनि अनिश्चित समय भरका लागि । साथै भूमण्डलीकरणको जालो भन्दा स्थानीयकरणको सरल रेखामा हिंड्ने सन्देश दिएको छ । जस अन्तर्गत आन्तरिक पर्यटनलाई जोड दिने नीति जरुरी छ । खासगरी साना कृषकलाई प्रोत्साहन तथा ग्रामीण सडकको विस्तार मार्फत् पर्यटन क्षेत्रको विकल्पको रूपमा थोरै राहत दिन सकिन्छ । त्यस बाहेक निजि शैक्षिक क्षेत्र अन्तर्गतका श्रमजीबी जसलाई आफ्नो कर्मचारीको मान्यता दिन समेत हिच्किचाउँछ । उनीहरूको अवस्था कस्तो छ ? ध्यान दिनु जरुरी छ ।

नेपाली समाज अलिकति आडम्बरी समाज छ, त्यो किन भन्दा अहिलेको महामारीमा झल्किन्छ नै । सरकारी विद्यालयहरू अरबौं खर्च गरि बनाईएको छ । शिक्षकको तलब सुविधामा त्यतिनै पैसा खर्च गरिन्छ त्यसको बदलामा बच्चाको भविष्य भन्दै अभावयुक्त शहर बजारतर्फ उन्मुख हुँदै आफ्ना नानीहरूलाई निजि विद्यालयको ठेक्कामा छोडिदिने गर्छौं, जहाँ एकदम न्यून बेतनमा काम गर्न बाध्य तथा अन्य अर्थ नलागेमा आफ्नै भविष्य देखी हरेस खाने अवस्थाका शिक्षकले देखाउने बाटोमा हामी गर्व गर्छौं । यसको अर्थ सरकारी विद्यालयहरू समस्याको समाधान किमार्थ हैन, अधिकांश शिक्षक पेशालाई दिगो आम्दानीको स्रोतको रूपमा मात्र लिएर अन्य व्यवसायमा मग्न भै आफ्ना नानीहरूलाई समेत निजि बिद्यालयमा पढाउने तथा छात्रबृद्धिको लाभ लिन अन्तिममा सरकारी विद्यालयको प्रयोग गर्ने अभिभावकको समूह पनि हो ।

केही अपवादलाई छोडेर, सरकारी शिक्षकको वास्तविक कहानी यही नै हो । यसैगरी स्वास्थ्य क्षेत्रको निजीकरण प्रतिको मोह त्यो पनि व्यापारी र सर्वसाधारणमा मात्र हैन, राज्य संचालकहरूको व्यवहारले एक स्वस्थ समाजको परिकल्पना हामीले धेरै पर छोडिसकेको अवस्था छ । जन स्वास्थ कति गम्भीर र महत्वपूर्ण विषय हो भन्ने वर्तमानमा हामीले भोगिरहेको महामारीको उदाहरण मात्र पनि काफी छ । यस्तो गम्भीर विधा मार्फत हुनुपर्ने कार्य, साथै यसको लेखाजोखा हुनुपर्ने थियो, त्यो पाईंदैन नै । संसारभर सामान्य मानिएका सरुवा रोग तथा घाउ खटिरा, सर्पदंशबाट हुने श्रम ह्रास तथा जीवन ह्रास हाम्रो नीति निर्माण तहको सोचाईमा आउन अझैँ कति समय लाग्ला ?

मुलत समाजका कारण हामीले यस किसिमको महामारी भोग्नु परेको थिएन तर अन्य सरुवा जन्य रोगको अनुभब पर्याप्त छ । सन् १९१८ को स्पेनिस फ्लु हाम्रो लागि ज्ञानको श्रोत रहेन । सन् १८९० मा वीर अस्पतालको स्थापना भएको तथा धेरै पछि मात्र सन् १९८८मा मात्र विपद् व्यवस्थापनको योजना अघि सारिएकोे पाइन्छ । त्यस कारण पनि स्वास्थ्य क्षेत्रमा विपद्को सामना गर्ने क्रममा हाम्रो अनुभब पर्याप्त छैन ।

अहिलेको आवश्यकता भनेको सहरी वस्तीहरूले भोगेका समस्याहरू भोलिका दिनमा ग्रामिण तथा दुर्गम वस्तीहरूमा दोहरिन सक्ने अवस्थालाई मनन गर्नुपर्ने देखिन्छ । योजनालाई क्रमश: छोटो, मध्यम तथा दिर्घकालिन रूपका प्रभाबकारी नीति लिएर अगाडी बढ्नु पर्ने देखिन्छ ।

बास्तबमा अहिलेको आवश्यकता भनेको शहरी वस्तीहरूले भोगेका समस्याहरू भोलिका दिनमा ग्रामिण तथा दुर्गम वस्तीहरूमा दोहरिन सक्ने अवस्थालाई मनन गर्नुपर्ने देखिन्छ । योजनालाई क्रमश: छोटो, मध्यम तथा दिर्घकालिन रूपका प्रभाबकारी नीति लिएर अगाडी बढ्नु पर्ने देखिन्छ । साथै इतिहास कालदेखिको गल्तीलाई वर्तमानले सुधार्ने प्रयास नगरी गल्ति गर्ने अवसरका रूपमा लिनु नै घातक हो, यद्यपि त्यो समय जुनसुकै होस् सङ्कटको या सहज को । हरेकले इमान्दारिता र विवेकशिलता प्रस्तुत नगरें सम्म हाम्रो अवस्था सधै चिन्ताजनक रहने पक्का छ ।

पेशाले वातावरणीय अर्थशास्त्री उज्जल आचार्य स्वतन्त्र लेखक, अनुसन्धानकर्ता तथा विश्लेषक हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, कार्तिक १० । बरिष्ट हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत

चितवन, कार्तिक १० । चितवन जिल्लामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा

काठमाडौँ, कार्तिक १० । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६७३ जनासहित ८९४ जनामा कोरोना भाइरस (कोभिड-१९)

काठमाडौँ, कार्तिक १० । नेपालमा पछिल्लो २४ घण्टामा ४००५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५६७५