७ बैशाख २०८१, शुक्रबार

ससांरकै सबैभन्दा सानो बच्चा जन्मियो


एजेन्सी, बेलायतमा संसारकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ ।

ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा ओनकेन र बुवाको नाम साइमन शेरवुड हो । १८ जुलाईका दिन जन्मिएकी ती शिुशुको जन्मिँदाको वजन झण्डै ६ सय २५ ग्राम रहेको थियो भने शरीरको लम्बाइ ११ इन्च थियो । मार्गरेटस्थित एक अस्पतालमा उनको जन्म भएको थियो ।

उक्त शिशु अहिलेसम्म पनि अस्पतालको आईसीयूमै राखिएको छ । शिशुले भेन्टिलेटरको माध्यमबाट स्वास लिने र ट्युबबाट खाना खुवाउने गरिएको छ । हाल शिशुको तौल ८ सय २५ ग्राम जति भएको छ । २३ हप्तामै जन्मिएकी उक्त शिशु जन्मिएको पाँच दिनपछि मात्र रोएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !