२७ वर्षे युवतीले गरिन ८३ वर्षीय हजुरबुवासँग विवाह

एजेन्सी, इन्डोनेशियाको सेन्ट्रल जाभामा झारफुक गर्ने व्यक्तिको रुपमा स्थापित ८३ वर्षे साहमानले २७ वर्षीया युवतीसँग विवाह गरेका छन् ।

यी दुईको उमेर भिन्नताका कारण विवाद निम्तिए पनि ती युवतीले आफ्ना नयाँ श्रीमानसँग पहिलो नजरमा नै प्रेम बसेको दाबी गरेकी छिन् ।

अडिटी सेन्ट्रलका अनुसार २७ वर्षे नुराइनीले ८३ वर्षे सुदिर्गोलाई जुलाईमा भेटेकी हुन् । उनी उनको आमाबुवासहित सुदिर्गोसँग झारफुक गर्न गएकी थिइन् । त्यो पहिलो भेटमा नै आफू सुदिर्गोको प्रेममा परेको उनले जनाइन् ।