१२ बैशाख २०८१, बुधबार

विभोरसंगको प्रेम चर्चा पछि गायिका नेहाले गरिन् यस्तो खुलासा


एजेन्सी । भारतकी चर्चित गायिका नेहा कक्करको हिमांश कोहलीसँग ब्रेकअपपछि ‘इन्डियन आइडल–१०’का प्रतियोगी विभोर पराशरसँग अफयेर रहेको खबरले यति बेला भारतिय मिडिया गर्माएको छ । विभोर पराशरसँग अफयेर चलेपछी अहिले नेहा डेटिङमा जान थालेको बताइएको छ ।

नेहासँगको अफेयर बारे चलेको हल्लामा विभोरले अस्वीकार गरेका छन् । विभोर पराशरसँगको अफयेरको हल्ला चलेपछी नेहाले भनिन् कि कसैलाई यति नराम्रो महसुस नगराउनुहोस कि उनी आफ्नो ज्यान लिने सोच्न लागोस् । उनले आफ्नो अफेयर बारे इन्स्टाग्राममा सबै कुरा खुलाएकी छिन् ।

उनले भनेकी छिन् ‘जब म यो लेखिरहेकी छु यो समय मेरो शारीरिक र मानसिक दशा सही छैन । तर मैले बोल्नुपर्छ । तपाईहरुलाई महसुस हुदैन कि म कसैको छोरी र दिदिबहिनी हु । मान्छेहरु केहि थाहा नपाए पनि हल्ला फैलाउछ्न् । तिनीहरु यो पनि सोच्दैनन् यस्तो कुराले हाम्रो जीवनमा कति नराम्रो प्रभाव पर्छ । हामी सेलिब्रिटी हौ तर त्यो भन्दा अगाडी त मान्छे नै हौ । मान्छेको पर्सनल लाइफ र उनको क्यारेक्टरको बारेमा कुरा गर्न बन्द गर्नुहोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !