७ बैशाख २०८१, शुक्रबार

हलिउड अभिनेता ‘द रक’ ले गरे दोश्रो बिवाह


वीवीसी, हलिउड अभिनेता ड्वेन जन्सनले आफ्नी प्रेमिका लरेन ह्यशिअनसँग अमेरिकाको हवाईमा विवाह गरेका छन् ।

‘द रक’ उपनामले चर्चित रेस्लिङ स्टार सतचालीस वर्षीय जन्सनले १५ करोड ४० लाख प्रयोगकर्ताले पछ्याइरहेको आफ्नो इन्स्टाग्राममा विवाहको घोषणा गरेका थिए । सो जोडी सन् २००६ देखि प्रेमसम्बन्धमा थियो । हवाईमा आयोजित एउटा गोप्य समारोहमा उनीहरूको विवाह भएको हो ।

औपचारिक रूपमा विवाह गर्नुअघि उनीहरूका दुई सन्तान जन्मिसकेका छन् । सबैलाई छक्क पार्दै विवाह घोषणा गरेपछि विश्वकै निकै चर्चित स्टारमध्येका एक ‘द रक’लाई हलिउड कलाकारहरूले बधाई दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !