१३ बैशाख २०८१, बिहिबार

बलिउडका नायक गोबिन्दाले ४९ वर्षमा किन गरे ‘दोस्रो विवाह’


एजेन्सी । बलिउड फिल्ममा आफ्नो अभिनयले भिन्न छाप छोडेका नायक हुन् गोबिन्दा । गोबिन्दा हालै भारतीय टिभी शो आपकी अदालतमा पुगे जहाँ उनले आफ्नो विवाहबारे रोचक खुलासा गरे ।

केही वर्ष अघि गोबिन्दा त्यतिबेला चर्चामा आएका थिए जब उनले आफ्नी श्रीमती सुनितासँग एकपटक पुनः विवाह गरेका थिए ।

कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको थिए ।’

उनले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !