१२ बैशाख २०८१, बुधबार

अभिनेत्री मुखीले श्रीमानमाथि लगाएकी थिइन् अप्राकृतिक यौन सम्बन्ध बनाउने गरेको आरोप


एजेन्सी । विश्व सुन्दरीसमेत भइसकेकी युक्ता मुखीले आफ्ना श्रीमान प्रिन्स टुलीमाथि विभिन्न गम्भीर आरोप लगाएकी थिइन् । श्रीमानले आफूमाथि अप्राकृतिक यौन सम्बन्ध बनाउने गरेको युक्ताले आरोप लगाएकी थिइन् ।

पुलिसले दिएको जानकारी अनुसार अभिनेत्रीले आफ्ना श्रीमानमाथि दाइजो उत्पीडन, कुटपिट र अप्राकृतिक यौन सम्बन्ध स्थापित गर्ने गरेको आरोप लगाएकी थिइन् ।

उनको अरोपलाई उनका श्रीमानले खण्डन गरेका थिए । अन्ततः यी दुईको सम्बन्धविच्छेद भयो । युक्ताले मिस वर्ल्डको उपाधि जित्नुअघि फेमिना मिस इन्डियाको उपाधि पनि जित्यकी थिइन् । यसबाहेक उनले इन्डियन फिल्म अवार्डलाई पनि होस्ट गरिसकेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !