८ बैशाख २०८१, शनिबार

बलिउड अभिनेत्री सारा अली खानको प्रेम चर्चा


सारा अली खान

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानले डेटिङ जान पाए आर्यनसँग जाने थिएँ भनेर एउटा सञ्चार माध्यममा अन्तर्वार्ता दिएसँगै दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय फेसन सोमा अतिथि तथ सहयोगीका रूपमा हालै अभिनेता कार्तिक आर्यनलाई लगेकी हुन् ।

फेसन सोमा कपडा परिवर्तन गर्नेदेखि उनको हेरचाहमा समेत अभिनेता कार्तिकले साथ दिए । सोही कारण कार्तिक र साराको नाम जोडेर विभिन्न समाचार सञ्चार माध्यममा आएका छन् । यी दुईले एक अर्कालाई अहिलेसम्म प्रेमी प्रेमिकाका रूपमा स्विकारेका त छैनन् । तर, उनीहरूको सम्बन्ध कुनै प्रेमी प्रेमिकाको भन्दा काम छैन ।

आफू र कार्तिकको नाम जोडिएकोमा त्यसलाई साराले सामान्य रूपमा लिएकी छन् । नजिक रहेका साथीबीच नाम जोडिदिनु बलिउडको यसअघिकै चलन भएको पनि अभिनेत्री साराले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !