७ बैशाख २०८१, शुक्रबार

ईन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठ सफलताको शिखरतिर लम्कदै


बिरेन्द्र श्रेष्ठ

नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रमा प्रिय भएर चिनिएका बहुमुखी प्रतिभाका धनी गायक तथा जलविद्युत क्षेत्रका हस्ती बरिष्ठ इन्जिनियर बिरेन्द्र श्रेष्ठलाई निरन्तर रुपमा एकपछि अर्को पुरस्कारद्वारा सम्मान गरिएको छ । ‘तिरमिर भयो’ भन्ने गीत २०७२ सालमा गाएर आफ्नो साङ्गीतिक जीवन शुरु गरेका गायक ई. बिरेन्द्र श्रेष्ठले एकाएक श्रोताको मन छुने गीतहरु (घर हाम्रो लेकैमा, तिम्रो मन सङ्ग, आँखा लाउछन, पिरिमको बाढी, आउन माया, शक्ति देउ, लौ है माया जस्ता दर्जन) नेपाली बजारमा पस्कदै आएका छन ।

मिठास, बुलन्द अनि बोल्ड स्वर धनी गायक ई. श्रेष्ठको करिब ४ बर्षकै दौरानमा एक कुशल पार्श्व गायकझै गाउन सक्ने क्षमता राख्छन् । पुर्ब ताप्लेजुङ र पाँचथर आफ्नो गृह जिल्ला अनि कर्मथलो भएर होला आफूलाई बढी पूर्वमै समर्पण गर्ने गर्छन गायक ई. श्रेष्ठ तर उनी यतिमै सिमित भने हैनन् । आफुले १० बर्ष काम गरेको सिन्धुपाल्चोक, गुल्मी, उदयपुर र विभिन्न जिल्लाहरुमा समेत उनी चर्चित छन् । २३ बर्ष अघि युरोपबाट ईन्जिनियरिङ फिल्ड्मा ग्रेजुयेट श्रेष्ठ फरक बिधा फरक धार अनि उच्च पदमा रहेर पनि आफ्नो साङ्गीतिक कुण्ठालाई भने ढिला सुरु गरेको देखिएतापनि एकपछि अर्को कर्णप्रिय् गीतहरु नेपाली साङ्गीतिक बजारमा ल्याईरहेका छन् । कुनै पनि काममा लाग्नु हुदैन तर लागेपछि त्यसलाई किनारा लगाउनुपर्छ भन्ने मान्यता बोकेका अब्बल ईन्जिनियर श्रेष्ठको साङ्गितिक सफलता हेर्न लायक कै छ ।

सरकारी जागिरदेखि आफ्नो लगानीमा निर्माणाधीन आयोजना हाडी खोलासम्म आई रहदाको उतारचढाव पनि उतिकै हेर्न लायक छ, सदैब काम र जुन परिप्रेक्षमा हुन्छन त्यही सत प्रतिशत दिने ई. श्रेष्ठ एक सफल ईन्जिनियर, सफल ब्यक्ती र सफल गायक हुन् । गायनलाई केवल एक सौखको रुपमा मात्र लिने गरेका ई. श्रेष्ठले गाएको ‘साल घर हाम्रो लेकैमा’ भन्ने गीतबाट बेस्ट लोक पप सिङ्गरको उपाधी, फरक बिधामा रहि सङ्गीतमा समेत सफलता हासिल गरि रहेका गायकको सम्मानर्थ योङ्गमाइन्ड अवार्डले ईन्करेन्जमेन्ट अवार्ड बेस्ट सिङ्गरले सम्मान प्रदान गरेको छ भने स्टार ईन्टरनेशनल अवार्डले कतारमा आयोजना गर्दै गरेको अवार्डमा समेत केही दिन अगाडि मात्र भावसागर युट्युब चेनलबाट रिलिज भएको चर्चित गीत ‘आउन माया’ बेस्ट मोडर्न गीत बेस्ट ३ छनौटमा परेको छ ।

हेर्नुहोस् भिडियो

यो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !