६ बैशाख २०८१, बिहिबार

वीरेन्द्र र अञ्जुको ‘पिरिमको बाढी’ म्युजिक भिडियो आउदै


वीरेन्द्र र अञ्जुको ‘पिरिमको बाढी’ म्युजिक भिडियो आउदै

१८ जेठ, काठमाडौं । गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाजमा सजिएको ‘पिरिमको बाढी’ गितको म्यूजिक भिडियो चाडै सार्वजनिक गर्न लागिएको गायक तथा ईन्जिनियर विरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

प्रकाश धितालले निर्देशन गरेको भिडियोमा कलाकार दिलिप रायामाझी र केकी अधिकारीले अभिनय गरेका छन् । गितको शव्द तथा संगित दिपक शर्माले भरेका हुन भने संगित संयोजन नरेन्द्र वियोगीले गरेका छन् । काभ्रेको भकुण्डेवेशी आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

यस्तै गायक श्रेष्ठले चाँडै ‘आऊ न माया’ बोलको गितको पनि म्यूजिक भिडियो बजारमा ल्याउने बताए । ताप्लेजुङ्कको सिरिजङा गाउँपालिकाको सिनाममा जन्मेका गायक बिरेन्द्र श्रेष्ठ आँफैमा एउटा पूर्वको चम्किलो हिराको रुपमा उदाएका छन् । श्रेष्ठले हालसम्म ३० वटा गीतहरु तथा आधा दर्जन बढि म्यूजिक भिडियोहरु बजारमा ल्याई सकेका छन् ।

फुर्सदको समयमा गीत संगितमानै वढि ध्यान दिन रुचाउने गायक श्रेष्ठले यस अघि टिका भण्डारीको संगितमा ‘तिम्रो मन संग आज’, दिपक सर्माको संगितमा ‘घर हाम्रो लेकैमा’ लगाएतका गीतलाई पुर्वका श्रोताले निकै रुचाएका छन् भने यहाँका विभिन्न एफएम रेडियोबाट दैनिक जसो बज्ने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !