१३ बैशाख २०८१, बिहिबार

गायक तथा संगीतकार टम्पशेर राईको ‘आज लोउ तिमि छौं’ सार्वजनिक


२० वैसाख, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको ‘आज लोउ तिमि छौं’ गीतको भिडियो सार्वजनिक भएको छ ।

नान्दु गुरुङको स्वरमा रहेको यस गीतमा पावन चाम्लिङ राईको एरेन्ज रहेको छ ।

निकेश खड्काको निर्देशनमा रहेको गीतमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

लामो समयसम्म रेडियोमा काम गर्दै आएका संगीतकार टम्पशेर राईले पछिल्लो समयमा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकैनै लोकप्रियता कमाएका छन् । राईले दर्जन भन्दा बढी गीतहरु लेखिसकेका छन् भने त्यतिकै गीतमा संगीत र स्वर भरेका छन् ।

संगीतकार टम्पशेर राईले पछिल्लो समयमा आफ्नै शब्द संगीत र स्वरमा धेरै म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन् ।

हेर्नुहोस् भिडियो 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !