८ बैशाख २०८१, शनिबार

वरिष्ठ गायक दीपक खरेलको चौधौं एल्बम ‘माइ म्युजिकल ओडिसी’ सार्वजनिक


वरिष्ठ गायक दीपक खरेलको चौधौं एल्बम 'माइ म्युजिकल ओडिस्सी' सार्वजनिक

१५ बैशाख, काठमाडौँ । वरिष्ठ गायक दीपक खरेलको ‘माइ म्युजिकल ओडिसी’ गीतिसंग्रह सार्वजनिक भएको छ । सिएमडी फुडल्याण्ड, नक्साल, भाटभटेनी काठमाडौंमा कार्यक्रम आयोजना गरी खरेलको चौधौं एल्बम आइतबार सार्वजनिक गरिएको हो । वरिष्ठ गायक दीपक खरेलले ‘तिम्रो त्यो हसिलो’, ‘प्रतिक्षा गर’, ‘बादल बनाइदेउ’ लगायत थुप्रै गीतबाट चर्चा कमाउनु भएको छ । एल्बमका गायक दीपक खरेल, वरिष्ठ गीतकार राजेन्द्र रिजाल, डा. सनतकुमार वस्ती, गीतकार शीला खरेल, गीतकार विजय शिवाकोटी, संगीतकार साथै उपस्थित अन्य अतिथिले एल्बम लोकार्पण गर्नु भएको हो ।

उक्त एल्बममा समावेश गरिएका ७ वटा गीतहरुमा गायक खरेलको स्‍वर रहेको छ । जसमध्ये ‘जब जब तिम्रो सम्झना आउंछ’ र ‘रोज्नुसम्‍म रोजें’ गरी दुईवटा गीतमा उहाँकी धर्मपत्नी शीला खरेलको शब्द छ भने यी दुबै गीतमा हरि लम्सालको संगीत रहेको छ । तेस्रो गीत ‘तिमीले गरेका भुलहरु’ मा वरिष्ठ गीतकार राजेन्द्र रिजालको शब्द रहेको छन् भने उक्त गीतमा पनि हरि लम्साल कै संगीत रहेको छ । चौथो गीत ‘पुगेथं म टाढा उनी सम्झी आएँ’ मा रवि प्राञ्जलको शब्द रहेको छन् भने उक्त गीतमा किरण श्रेष्ठको संगीत रहेको छ ।

पाँचौ गीत ‘आकाशको कालो बादल’ मा वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईको शब्द रहेको छन् भने उक्त गीतमा हरि लम्साल कै संगीत रहेको छ । छैटौ गीत ‘तिमी गयौ मेरो जिन्दगीवाट’ मा वरिष्ठ गीतकार प्रकाश सायमीको शब्द रहेको छन् भने उक्त गीतमा प्रवीण बरायलीको संगीत रहेको छ । सातौ गीत ‘हर धड्कनमा सुरिलो लय होस्’ मा वरिष्ठ साहित्यकार डा. सनतकुमार वस्तीको शब्द रहेको छन् भने उक्त गीतमा मनमोहन थपलियाको संगीत रहेको छ ।

वरिष्ठ गायक दीपक खरेलको चौधौं एल्बम 'माइ म्युजिकल ओडिस्सी' सार्वजनिक

वर्तमान समयमा पश्चिमा संगीतको दबदबा बढ्दै गरेको परिप्रेक्षमा नेपाली सुगम संगीतको आवश्यकता वोध भएकोले युवामा प्रभाव पारी उनीहरुलाई नेपाली संगीतमा आकर्षित गर्न गायक खरेलले उक्त एल्बम बजारमा ल्याउनु भएको हो । गायकले एल्बममा रहेको ‘हर धड्कनमा सुरिलो लय होस्’ बोलको गीत गायनबाट एल्बम विमोचन कार्यक्रम उद्घाटन गर्नु भएको थियो । उक्त एल्बमका गीतहरु यसै साता गायकको युट्युबवाट सार्वजनिक हुने बताइएको छ । उक्त एल्बममा गायकको समधुर गायन, संगीतकारहरुको समधुर संगीत र भावनात्मक गीतहरुले श्रोताको मन अवश्य छुने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !