८ बैशाख २०८१, शनिबार

गायक भरत लिमेलको नयाँ गीत “तिमीलाई पाउ” सार्वजनिक हुँदै


१४ चैत, काठमाडौँ । गायक भरत लिमेल मगरको नयाँ गीत “तिमीलाई पाउ” बोलको गीत यहि हप्ता सार्बजनिक हुँदैछ । पनाह अधिकारीको शब्द र ॐ प्रकाश राईको संगीत रहेको यस भिडियोमा निरज श्रेष्ठको संगीत समयोजन रहेको छ ।

भोला पौडेलको मिक्सिङ रहेको यस भिडियोमा राज बस्नेतको निर्देशन रहेको छ । यस भिडियोमा कृष्णकला मगर,बिकास बस्नेत, रितेश श्रेष्ठ र बाल कलाकार परिश्ना बास्तोलाको अभिनय रहेको छ ।

खोटाङको बारहापोखरी गाउँपालिका वडा नं. १ पिपिलेमा जन्मिएका गायक मगर सानैदेखि संगीत क्षेत्रमा सक्रिय छन् । पेशाले शिक्षक रहेका गायक मगर कपन स्थित रिलायन्स इन्टरनेसनल एकेडेमी र रिलायन्स पब्लिक स्कुलमा अध्यापन गर्दै आएका छन् ।

दर्शक तथा श्रोताको मायाले सांगीतिक क्षेत्रमा होमिएका गायक मगरका मायाको आशैमा र मनको कुरा दुई गीती एल्बम निकाली सकेका छन् ।

यो पनि पढ्नुहोस् :

भरत लिमेलको अर्को गीत ‘साहराको बढाएउ हात’ को भिडियो सार्वजनिक

गायक भरत र पुर्णिमाको दशैं तिहार(भिडियोसहित)

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !