१२ बैशाख २०८१, बुधबार

चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक (भिडियो सहित)


चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक

१० पुस, काठमाडौँ । चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । अजित फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘गरुड पुराण’ हिजो सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै हाइलाइट्स् नेपालको युट्युब च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। केही समय अगाडि चलचित्रको ‘म त पिरिममा’ बोलकोगीत सार्वजनिक भएको थियो जुन निकै चर्चित भएको थियो ।

विनोद खतिवडा, आकाश बराल र सुवास कोइरालाले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्रमा अजित प्रजापति र अशोक गौतमको लगानी छ । सुसन प्रजापतिको छायाङ्कन र कोशिश क्षेत्रीको संगीत रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।

यो चलचित्र निर्माणमा अजित फिल्मस्सँग अशोक गौतम फिल्मस्ले सहकार्य गरेको छ । चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रवीण खतिवडा, वसन्त भट्ट, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर, जान्वी बोहरा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रियंका यसै चलचित्रमार्फत नेपाली रजतपटमा नायिकाको रूपमा डेब्यु गर्दैछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !