११ बैशाख २०८१, मंगलबार

सांगीतिक क्षेत्रमा भविष्य उज्वल छ : संगीतकार टम्पशेर राई(भिडियोसहित)


Capture

१७ कात्तिक, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईले सांगीतिक क्षेत्रमा भविष्य उज्वल रहेको बताएका छन् । पत्रकार राम मगरसँग कुरा गर्दै राम्रो काम र मिहिनेत गर्दै अघि बढियो भने सांगीतिक क्षेत्रमा भविष्य उज्वल रहेको बताए ।

सात वर्षसम्म रेडियो पत्रकारिता गरिएको मह अझै बाकी नै रहेको बताउँदै संगीतकार राईले भने, ‘कलाकारिता एउटा पाटो छ । पत्रकारिता छोड्ने भन्ने होइन । अहिले संगीत क्षेत्रमा बढी काम गरिरहेको छु । पत्रकारिता पनि निरन्तर हुन्छ ।’

रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा पछिल्लो समयमा निक्कै नै लोकप्रियता कमाएका युवा सञ्चारकर्मी राईले तीनदर्जन भन्दा वढी गीतहरु लेख्नुका साथै संगीत भरिसकेका छन् ।

नेपालकै चर्चित गायक राजेश पायल राई, दिपक लिम्बू र गायिका मेलिना राईसँग काम गरिसकेका राई पछिल्लो समयमा एकपछि अर्को गर्दै विभिन्न गीतहरुको म्युजिक भिडियो निकाल्नमा व्यस्त छन् ।

लामो समयसम्म रेडियोमा काम गरिसकेका संगीतकार राई सानैदेखिनै संगीत क्षेत्रमा सक्रिय छन् ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !